झापा।

झापाको दमक नगरपालिका–९ का २५ बर्षीय रोसन दर्जीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
आज दिउसो ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दर्जी विरुद्ध अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडिभिट्टा झापाले जनाएको छ ।































