कनकाईमा करिअर काउन्सिलिङ् तालिम

0
508

सुरुङ्गा ।

कनकाई नगरपालिकाभरका १४ संस्थागत विद्यालयका १५ सय विद्यार्थीलाई करिअर काउन्सिलिङ् सम्बन्धि तालिम प्रदान गरिएको छ ।

कारितास नेपाल र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त आयोजना तथा कनकाई नगरपालिका र कनकाई नगरपालिका नगर प्याब्सनको समन्वयमा सो तालिम सम्पन्न भएको हो । सो तालिम कनकाई नगरपालिका–३ स्थित देवकोटा एजुकेशन फाउण्डेसनमा सुरु भई कनकाईका विभिन्न १४ विद्यालयमा संचालन गरी कनकाई नगरपालिका–८ स्थित पाथिभरा एकेडेमीमा सम्पन्न भएको हो ।

तालिम समापनमा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले विद्यार्थीहरुमा पठनसीपको मात्रै वृद्धिले नहुने भन्दै सभ्य समाज निर्माणमा विद्यार्थीहरुको अहम् भूमिका रहने बताइन् ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक उदयशम्सेर जबराले विद्यार्थीलाई लागुऔषधले ल्याउने विकृति र ट्राफिक नियमहरुका बारेमा जानकारी दिन प्रशिक्षणको आयोजना गरिएको र अभियान सफल हुँदै गएको बताए ।

कनकाई नगरपालिकाका ३,४ र ८ नम्बर वार्डमा कारितास नेपालको सुरक्षित आप्रवासनको सुनिश्चितता र प्रवासीहरुको दिगो स्थानीय पुनस्र्थापना प्रबद्र्धन परियोजनाको कार्यक्रम चलिरहेको र सोही कार्यक्रम अन्तर्गत कारितासको आर्थिक सहयोगमा यो कार्यक्रम पनि संचालन गरिएको परियोजनाका संयोजक हिमालय अधिकारीले बताए ।

लागुऔषधको प्रयोग र यसले सृजन ागर्ने मानसिक र कानुनी समस्या, ट्राफिक नियम र विभिन्न जीवनोपयोगी ज्ञानसीपका साथै सुरक्षित वैदेशिक रोजगारीमा जानेका परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा कनकाई नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि प्रशिक्षण प्रदान गर्ने तयारी रहेको दिगो स्थानीय पुनस्र्थापना प्रबद्र्धन परियोजनाका कनकाई संयोजक विवेक शिवाकोटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here