कनकाई माविको ‘साप’ सार्वजनिक

0
449

सुरुङ्गा ।

कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आ.व. २०७६÷०७७ को सामाजिक परीक्षण प्रतिवेदन अभिभावक भेलाका वीच सार्वजनिक गरिएको छ ।

शुक्रवार कार्यक्रमको अध्यक्षता समेत गरेका शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद प्रसाईले विद्यालयको आ.व. २०७६÷०७७ को ७ करोड ४९ लाख ७ सय २ सय ९ रुपैयाँ कारोवार रहेको विवरण सार्वजनिक गरे ।

प्रसाईले विद्यालयमा खुश्बु ओली प्रतिभा कोष, धनबहादुर सुवेदी स्मृति अक्षय कोष, गंगादेवी–प्रतिमान उप्रेती अक्षयकोष, रामप्यारी शिवाकोटी स्मृति अक्षयकोष, वृन्दा स्मृति अक्षयकोष लगायतका अक्षयकोषहरु रहेको जानकारी दिए । यी अक्षयकोषबाट हरेक वर्ष अध्ययन, खेलकुद, नृत्य, गायन तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका प्रमुख डा. विद्या पोखरेल, पशुपन्छी तथा मत्स्य विभाग कनकाई नगरका प्रमुख तेजबहादुर पौडेल, पूर्व शिक्षक देवीचरण थपलिया, लक्ष्मीविनोद दाहाल लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालयको वर्तमान अवस्था र भावी कार्ययोजनाका बारेमा प्रष्ट पारेका थिए ।

अध्यक्ष उप्रेतीले विद्यालयलाई भौतिक, व्यवस्थापकीय र शैक्षिक क्षेत्रमा झापाकै अब्बल र नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षक, अभिभावक, शिक्षासेवी सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक लगायतको उपस्थिति रहेको कार्यक्रममा सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी र आधारभूत तह संयोजक खेमराज भट्टराईले विद्यालयको प्रथम आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रम शिक्षक तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here