युवालाई विपद् व्यवस्थापन तालिम

0
439

कमल ।

कारितास नेपालको आयोजनामा झापाको कमल गाउँपालिकामा रहेका युवालाई विपद् व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

सामाजिक परिवर्तन तथा उत्थानशिलताका लागि युवा सशक्तिकरण परियोजना अन्तर्गत कारितास नेपालले गठन गरेका कमल गाउँपालिकाका सातवटै वडाका वडास्तरीय युवाक्लवका प्रतिनिधिलाई विपद् व्यवस्थापन, पूर्व तयारी लगायतका विषयमा तालिम प्रदान गरिएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोखरेलले बताए ।

तालिममा प्रकोप न्यूनीकरण, मानवीय सहायता सम्बन्धी कारितास नेपालका विपद् व्यवस्थापन डेक्सका प्रमुख लक्ष्मीराम जोशीको टोलीले सैद्धान्तिक विषयमा सहजीकरण गरेका थिए भने नयाँ श्रीनाथ गण चारआली ब्यारेकका सह–सेनानी सुरज कटुवालको टोलीले प्रयोगात्मक सहजीकरण गरेका थिए ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले शुभकामना दिएको तालिममा सर्पको टोकाई, आगलागी र भुकम्प जस्ता विपद्का समयमा कसरि उद्धार गर्ने भन्ने विषयमा विद्यार्थीलाई स्थलगतरुपमा तालिम प्रदान गरिएको कारितास नेपालका सामुदायिक सहजकर्ता गोविन्दराज कट्टेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here