बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी,१५६१ मत खस्यो

0
386

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेबाट मतदान भइरहेको छ । मध्यान्न साढे १२ बजेसम्ममा एक हजार पाँच सय ६१ मत खसेको बताइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघमा चार हजार पाँच सय ५० मतदाता रहेका छन् । बिहानैबाट उत्साहजक रुपमा मदतान भइरहेको बताइएको छ । बिर्तामोड स्थित अग्रसेन भवनमा जारी मतदान क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

मतदान शान्तिपूर्ण रुपमा भइरहेको प्रमुख निर्वाचन अधिकृत शेखरप्रसाद ढकालले जानकारी दिए । आगामी तीन वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्षसहित एकरएक जना वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष (महिला), महासचिव, उद्योग सचिव, वाणिज्य सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष (महिला) र सात खुल्ला सदस्य, महिला सदस्य दुई, गरी १९ सदस्यीय कार्यसमितिका लागि ३९ जनाको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक ढकालले बताए ।

जसमा जनसम्पर्क उपाध्यक्ष महिला एक, खुल्ला सदस्य दुई, सदस्य महिला एक गरी चार जनाको उम्मेद्वारी रद्द भएको बताइएको छ । जनसम्पर्क उपाध्यक्ष महिलामा एक जनाको मात्रै उम्मेद्वारी परेकाले नैनकला भट्टराईलाई निर्विरोध घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।

पूर्व अध्यक्ष ११ सहित कूल चार हजार पाँच सय ५० जना मतदाता रहेको निर्वाचनका लागि मतदानलाई व्यवस्थित बनाउन हरेक पाँच सय मतदाताका लागि एउटा लहर बनाइएको बताइएको छ । प्रमुख निर्वाचन अधिकृतसहित १६ जना निर्वाचन अधिकृत रहेको ४२ जनाको निर्वाचन टिम रहेको छ । निर्वाचन सम्पन्न गर्न ११ जना पूर्व अध्यक्षहरु निर्वाचन समिति सल्लाहकारका रुपमा रहेका छन् ।

मतदान र गणनालाई प्रविधि मैत्री बनाइने बताइएको छ । दुई जना सूचना प्रविधि विज्ञलाई नियुक्त गरिनुका साथै मतदान स्थल बाहिर मतदाताका लाइन र मत पेटिका पूर्णरुपमा सीसी क्यामेराको निगरानीमा रहने निर्वाचन समितिले जनाएको छ ।

व्यवसायीको निर्वाचनका लागि नेपाली कांग्रेस समर्थक व्यवसायी प्रकाश शिवाकोटीको नेतृत्वमा लोकतान्त्रिक व्यवसायिक प्यानल र नेकपा र राप्रपा समर्थक व्यवसायीका लागि सुवास भट्टराईको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल खडा गरेर चुनावी मैदानमा छन् । निर्वाचन बिहान ८ बजेबाट ५ बजेसम्म बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सञ्चालन गरिने बताइएको छ ।

यसैबीच मतगणना स्थल अतिथि सदनमा पूर्ण सुरक्षासहित सीसी क्यामेराको निगरानीमा हुने र मतगणना स्थलको गतिविधि हल बाहिर उपस्थित सबैले देख्न सक्ने गरी प्रोजेक्टर मार्फत डिस्प्ले गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here