संस्कृति जोर्गेणामा जोड दिदै टोपी दिवस मनाइयो

0
461

सुरेन्द्र भण्डारी

DSC09205

बिर्तामोड,फागुन १७ । पाश्चात्य संस्कृतिको नक्कल गर्दै नेपाली पोषाकलाई बिर्षदै गएका नेपालीलाई आफ्नो मौलिक संस्कृतिको जर्गेणमा जोड दिने उद्देश्यले झापाको बिर्तामोडमा नेपाली टोपी दिवस मनाउँने भन्दै ¥यालीको आयोजना गरिएको छ ।

_DSC0304
आर्ट अफ लिभिङ र  झापा उद्योग वाणिज्य बिर्तामोडको संयुक्त आयोजना तथा दर्जन बढी बिभिन्न संघ संगठनको सहकार्यमा ¥यालीको आयोजना गरिएको हो । बिर्तामोड स्थित अतिथि सदनबाट निस्किएको ¥याली बिर्तामोड बजनार परिक्रमा गर्दै मुक्ति चौकमा आएर सभामा परिणत भएको थियो । शीरको शान र राष्ट्रिय पहिचान बनेको नेपाली टोपी लगाउने प्रचलन नेपाली समाजमा घट्तै गएको र  नेपाली टोपीप्रतिको आकर्षण बढाउन दिवसको आयोजना गरिएको ¥याली पछि आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बताए ।  ‘हाम्रो टोपी हाम्रो शान, नेपाली राष्ट्रियताको पहिचान’ भन्ने मूल नाराका साथ निकालिएको ¥यालीमा विभिन्न संघ संस्थाका प्रतिनिधिले आ – आफ्नो बिचार व्यक्त गर्दै हरेक वर्ष मार्च १ तारिकलाई नेपाली टोपी दिवस मनाउने निर्णय गरेको औचित्माथि प्रकाश पार्दै सुशील अग्रवालले बताए । _DSC0287
नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित सभामा आर्ट अफ लिभिङका प्रणेता रवि शंकरले गत वर्ष मार्च १ लाई  नेपाली टोपी दिवस मनाउन भनेको र सोही अनुरुप आजका दिनबाट नेपालमा टोपी दिवस मनाउन शुरु गरिएको  आर्ट अफ लिभिङका प्रशिक्षक संजय शिवाकोटीले बताए । कार्यक्रममा बोल्दै उनले अगाडि भने– ‘गत वर्ष रवि शंकर बिराटनगरबाट फर्कने क्रममा बिर्तामोडमा हामीले गरेको सम्मानबाट प्रफुल्लित हुँदै आजका दिनलाई दिवस मनाउन भन्नु भएको थियो ।’ नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, झापा उद्योग वाणिज्य संघका पदाधिकारी,मारवाडी युवा मञ्च, मारवाडी समाज,रोटरी क्लव अर्फ बिर्तामोड, रोटरी क्लव अफ बिर्तामोड मिट टावन,छठ समाज सेवा समिति लगायत दर्जन वढी संघ संगठनको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशान्त भण्डारीले गरेका थिए । _DSC0284
तस्वीर विनोद पाण्डे /पूर्वाञ्चल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here