अनारमनी बिजयी

0
814

sp3
चारपाने,फागुन १७ । नेपाल तरुणदल चारपानेको आयोजनामा जारी क्षेत्रीय स्तरको फूटवल प्रतियोगितामा अनारमनी बिजयी बनेको छ ।
दुवागढीलाई पाँच एकको फराकिलो गोल अन्तरलले पराजित गर्दै अनारमनी विजयी वनेको हो । विजयी टिमका तर्फबाट विकी चौधरीले तीन र हुसेन अली,समीर गुरुङ्गले एक एक गोल गरेका थिए । उता उपविजेता टिमका तर्फबाट भने छिरिङ्ग तामाङ्गले एक मात्र सान्तना  सान्तवना गोल फर्काएका थिए । खेलको म्यान अफ दी सिरिज पुजन आले, हाई स्कोर विकी चौधरी, म्यान अफ्दी म्याच समीर गुरुङ्ग घोषित भए । प्रतियोगिताका विजेताले नगद ३५ हजार उपविजेताले २५ हजार प्राप्त गरेका छन् ।
नेपाल तरुणदलका केन्द्रीय सदस्य मदन बुढाथोकीको प्रमुख आतिथ्य र चारपाने सभापति खड्ग लिम्वूको सभापतित्वमा भएको कार्यक्रममा स्वागत नेपाली काग्रेस चारपाने सभापति रामलाल उप्रेतीले गरेका थिए । कार्यक्रममा फूटवल संघ झापाका अध्यक्ष जलकुमार गुरुङ्ग, खेलकुुद संघ झापाका राजु आचार्य ,समाजसेवी देवी गिरी पार्वता गिरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सूर्य रिजालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here