सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

0
356

काठमाडौँ, 

सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ ।

मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो ।

त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुुरु हुने सातौँ अधिवेशनमा सहभागी हुुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here