प्रेस संगठन झापाको भेला फागुन २४ गते बिर्तामोडमा

0
399

बिर्तामोड ।

प्रेस संगठन नेपाल झापाले फागुन २४ गते बिर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएको छ ।

बिर्तामोडमा आज (बुधबार) सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटीलाई पूर्णता दिँदै भेला सम्पन्न गर्ने निर्णय गरेको हो । प्रेस संगठनका जिल्ला संयोजक सुब्रत न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संगठनमा आबद्ध पत्रकारको बलियो उपस्थितिमा भव्य कार्यक्रम गर्ने निर्णय भएको छ ।

हालै मात्र गठित प्रेस संगठनको संयोजकमा न्यौपाने, सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई, सचिवमा उद्धव पुरी छन् ।

बैठकमा प्रेस संगठनका केन्द्रीय सदस्य विमल लामिछाने, प्रदेश नं. १ सह–इञ्चार्ज तिर्थ सिग्देल, प्रदेश सह– संयोजक मुक्ति पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रदेश सदस्य पुकार राजबंशीलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here