पूर्व विद्यार्थीले दिए खेल सामग्री

0
524

तुलसीप्रसाद निरौला ,दुहागढी ।

बाल सुबोधिनी माध्यमिक विद्यालयका तीन जना पूर्व विद्यार्थीले खेल सामग्री प्रदान गरेका छन् ।

वैदेशिक रोजगारको शिलशिलामा सिङ्गापुरमा रहेका पूर्व विद्यार्थीहरु राजन भट्टराई , कृष्ण कडरिया र कम्बोडियामा रहेका पूर्व विद्यार्थी नवीन काफ्लेले तेक्वान्दो खेलका लागि आवश्यक पर्ने विभिन्न प्रकारका ६० हजार मुल्यका खेल सामग्री प्रदान गरेका हुन् । उनीहरुका आफन्तले विद्यालय परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

 

बाल सुबोधिनी माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई हरेक विहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बा र पूर्व विद्यार्थी बिनोद भट्टराईले तेक्वान्दो खेलको प्रशिक्षण दिइरहेको विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here