स्वस्थ समाजका लागि सामाजिक अभियान झापाद्वारा बरालको कृतिम आँखा प्रत्यास्थापन

0
698

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

झापाको कनकाई – ३ सुरुङ्गाकी जन्मजात दृष्टिविहीन सृजना बरालको कृतिम आँखा प्रत्यास्थापन गरिएको छ ।
स्वस्थ समाजका लागि सामाजिक अभियान झापाले दृष्टि आँखा अस्पताल बिर्तामोडमा बरालको कृतिम आँखा प्रत्यास्थापन गरिदिएको हो ।

११ वर्षको उमेरमा मोतियाविन्दू भएर दुइवटै आँखाको शल्यक्रिया गर्दा एउटा आँखा विग्रिएको तथा अर्को आँखाको पनि दृष्टि शक्ति घट्दै गएर छडीको सहारामा जीवन जीउन थालेको बरालले बताइन् ।

आँखाको दृष्टि शक्ति घट्दै गएर समस्या भएपनि आर्थिक अभावले उपचार गर्न समस्या भएपछि स्वस्थ समाजका लागि सामाजिक अभियान झापाका अभियन्ता तथा निर्माण व्यवसायी शेरबहादुर थापा र अभियन्ता सुनिता धिमालले उपचारमा सहयोग गरेपछि दृष्टि आँखा अस्पताल बिर्तामोडमा बरालको कृतिम आँखा प्रत्यास्थापन गरिएको हो ।

दृष्टि आँखा अस्पताल बिर्तामोडका दृष्टि विशेषज्ञ कविन्द्रप्रसाद राजवंशी , रवीशंकर चौधरीले बरालको कृतिम आँखा प्रत्यास्थापन गरेका थिए ।

विगत तीन वर्षदेखि कृतिम आँखा प्रत्यास्थापन शुरु गरिएको दृष्टि आँखा अस्पताल बिर्तामोडमा हालसम्म एक हजार एक सय ८८ वटा कृतिम आँखा प्रत्यास्थापन गरिएको दृष्टि आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उप्रेतीले जानकारी दिए ।

 

स्वस्थ समाजका लागि सामाजिक अभियान झापाले कोभिड संक्रमणको समयदेखि राहात, खाद्यान्न वितरण , पीडितलाई आर्थिक सहयोग गर्दै आइरहेको अभियन्ता तथा निर्माण व्यवसायी शेरबहादुर थापाले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बराललाई सहयोग गरिएको बताए ।

आर्थिक अभावका कारण आँखाको उपचार गर्न नपाइरहेको अवस्थामा स्वस्थ समाजका लागि सामाजिक अभियान झापाले आर्थिक सहयोग गरेकोमा बरालले धन्यवाद दिएकी थिइन् ।

साहित्यिक क्षेत्रमा अघि वढीरहेकी बराल झापा नेत्रहिन संघकी सदस्य , कनकाई अपाङ्ग स्वावलम्वन संघकी कोषाध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here