बिर्तामोड एजुकेशन फाउण्डेसन पाँचौँ वर्षमा

0
430

झापा ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रा.लि.’ स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले २४ चैत २०७३ मा बिर्तामोड एजुकेशन फाउण्डेसन स्थापना भएको थियो ।

फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीका अनुसार इलामको फिक्कल र झापाको चारआलीमा फाउण्डेशनको शाखा कार्यालयसमेत स्थापना गरिएको छ । वि.सं २०७५ मा चारआली र २०७६ मा फिक्कलमा शाखा कार्यालय स्थापना गरी विद्यार्थीलाई आवश्यक सैक्षिक परामर्श सेवा प्रदान गरिरहेको अध्यक्ष कार्कीले बताए । फाउण्डेशनको मुख्य कार्यालय भने बिर्तामोडको भद्रपुर रोडमा रहेको छ ।

बिर्तामोड एजुकेशन फाउण्डेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।

स्थापनाको पाँचौँ वर्ष प्रवेशका अवसरमा फाउण्डेशनका अध्यक्ष कार्कीले सम्पूर्ण सहयोगी तथा शुभचिन्तकमा आभार व्यक्त गरेका छन् । अध्यक्ष कार्कीले सम्पूर्ण शुभचिन्तक, अग्रज व्यक्तित्व, शाखा प्रमुखलगायत कर्मचारी परिवार, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुमा कृतज्ञतासहित धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here