नेवाः पासा मुना पुचः बिर्तामोडको २७औं साधारणसभा

0
715

तुलसीप्रसाद निरौला, बिर्तामोड ।

नेवाः पासा मुना पुचः बिर्तामोडको २७औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष धनजुजु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष राजीव श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका नवानिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटी, नेवाः देय दबूः प्रदेश १ का उपाध्यक्ष कृष्ण उदास, दबूका झापा अध्यक्ष दिनेश शाक्य, विधान संशोधन समितिका संयोजक दिपक प्रधान, नेवाः पासा मुना पुचःका पूर्व अध्यक्ष श्यामकुमार ताम्राकार, निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ, नेवाः मिसा पुचःकी अध्यक्ष निलम प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेवाःछें निर्माणका लागि पाँच लाख रुपैयाँ प्रदान गर्ने डा. हिराबहादुर श्रेष्ठ, गोकुल श्रेष्ठलाई नेवारी परम्परा अनुसार सम्मान गरिएको थियो भने ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल श्रेष्ठले गरेको कार्यक्रम संयोजक प्रभात मानन्धरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here