देवी पञ्चकन्या टोलमा ३६ फुटको कैलाशेश्वर महादेवको प्रतिमा स्थापना

0
755

तुलसीप्रसाद निरौला, बिर्तामोड   ।

झापाको बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा नागरिकस्तरबाट ३६ फुटको कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गरिएको छ ।

कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिले नागरिकस्तरबाट ३६ फुटको कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गरेको हो ।

प्रदेश नं. १ कै ठूलो उक्त प्रतिमाको महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गते अनावरण गरिने कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका अध्यक्ष दिपककुमार दाहालले जानकारी दिए ।

बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा स्थापना गरिएको ३६ फुटको कैलाशेश्वर महादेवको प्रतिमामा नौ फुटको जग र २७ फुटको महादेवको प्रतिमा राखिएको बताउँदै उनले उक्त प्रतिमा कलात्मक र सौन्दर्यताको हिसावले प्रदेश नं.१ कै सवैभन्दा ठूलो र सुन्दर रहेको जानकारी दिए ।

आगामी फागुन २७ गते महाशिवरात्रीका दिन विश्वको प्रथम महिला जगत्गुरु शंकराचार्य हेमानन्द गिरीले कैलाशेश्वर महादेव प्रतिमाको अनावरण गर्ने कार्यक्रम रहेको र उक्त दिन शिव पूजा, अर्चना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्वारा धार्मिक सांस्कृतिक कार्यक्रम र साँझमा शिव आरती र शिवधुनी समेत जगाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

त्यस्तै कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिले देवी पञ्चकन्या टोल प्रवेश गर्न स्वागतद्वार निर्माण गरेको छ ।
स्वागतद्वार र कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गर्न ३४ लाख रुपैयाँ खर्च भएको र उक्त रकम टोलवासीबाट संकलन गरिएको कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका सचिव युवराज युवराज दाहालले बताए । स्वागत द्वार र कैलाशेस्वर महादेवको प्रतिमा आगामी फागुन २७ गते शिवरात्रीको दिन अनावरण गरिने उनले जानकारी दिए ।

कैलाशेश्वर महादेव प्रतिमा स्थापना र स्वागतद्वार निर्माणका लागि दिपककुमार दाहालको अध्यक्षतामा कैलाशेस्वर महादेव प्रतिमा स्थापना निर्माण समिति गठन गरिएको छ । समितिका सचिवमा युवराज दाहाल रहेका छन् भने सदस्यहरुमा निर्जला प्रसाईं, गोपाल खतिवडा , पुनम पोखरेल , रुपनारायण पाण्डे र कुमार कडरिया रहेका छन् ।
कार्यक्रममा सहभागि राजेन्द्रकुमार थापा , हरिप्रसाद भण्डारी , टीका संग्रौला , निर्जला प्रसाईं लगायतले कैलाशेश्वर महादेव प्रतिमा स्थापनाले देवी पञ्चकन्या टोलको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिलाउने बताए ।

कार्यक्रमको सहजीकरण कैलाशेश्वर महादेव प्रतिमा स्थापना निर्माण समितिका सचिव युवराज दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here