लागूऔषध सहित पाँच जना पक्राउ

0
674

मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।

सोमबारराती ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप १० थान, लुपिजेसिक ७ थान, एभिल १३ थान र गांजा २०० ग्राम फेला पारेको छ ।

प्रहरीले तामाङको घरमा लागूऔषध बिक्रिबितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा तामाङ सहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here