नारी दिवसमा ज्येष्ठ महिलालाई सम्मान

0
801

गणेश अर्याल, इलाम ।

एक सय एघारौ अन्तरराष्टिय नारी दिवसको अवसरमा आज इलाममा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । सूर्योदय नगरपालिकाको फिक्कल आयोजित एक कार्यक्रममा बिभिन्न ज्येष्ठ महिला हरुलाई सम्मान गरिएको छ ।

सूर्योदय नगरपालिकाको महिला बालबालिका तथा समाज कन्याण समाजले आयोजना गरेको कार्यक्रममा नगरका जेष्ठ महिला नगरबासीलाइ सम्मान गरिएको थियो । त्यसैगरी सूर्योदय नगरपालिकाको हर्कटे गोर्खे लगायतको स्थानमा पनि नारीदिवस मनाइएको समाचार छ । हर्कटेमा सूर्योदय महिला सहकारी सस्थाका सदस्यहरुले पनि सस्थामा भेला भएर नारी दिवस मनाएका छन् ।

त्यसैगरी रोङ गाउपालिकाको २, ५ र ६ नम्बर वडामा पनि यो दिवस मनाईको छ । रोङ २ मा छहारी महिला सहकारी सस्थाले रोङ ५ मा नवप्रतिभा महिला सहकारी र रोङ ६ मा जिर्मले महिला सहकारी सस्थाले कार्यक्रम आयोजना गरेका थिए । रोङ ५ मा आयोजित कार्यक्रममा रोङ गाउपालिका उपाध्यक्ष चन्द्रकला राई प्रमुख अतिथिको रुपमा रहेकी थिइन । जागरण गित तथा नृत्य तथा एक अर्कामा शुभकामना आदान प्रदान गर्दै दिवस मनाईएको थियो ।

कार्यक्रममा रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल रोङ ५ का वडाअध्यक्ष युवराज खाप्तुवा राई कार्यपालिका सदस्य इन्दु गहतराज वडा सदस्यहरु बिनाकुमारी राई सहकारी कर्मीहरु सिता पौडेल, भीमा भटराई, इन्द्रावती राई, अपाङग एकता समाजका अध्यक्ष रोहिणी बराल, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सो कार्यक्रममा समाजका जेष्ठ महिला आमाहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी इलामका अन्य बिभिन्न क्षेत्रमा समेत यो दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको थप समाचारहरु प्राप्त भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here