तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

वीरता जेसीज भूतपूर्व अध्यक्ष क्लबको अगुवाईमा हरेक बर्ष बैशाखको पहिलो साता प्रदान गरिँदै आएको उत्कृष्ट नागरिक सम्मान यस वर्ष पत्रकारिता /सञ्चार विधामा झापाका अग्रज पत्रकार मध्ये एक जनालाई प्रदान गरिने भएको छ ।
वीरता जेसीज भूतपूर्व अध्यक्ष क्लबको अगुवाईमा झापाका एक सय २५ वटा भन्दा बढी सामाजिक संघसंस्थाको सामुहिक सहभागितामा हरेक बर्ष बैशाखको पहिलो साता हुने उक्त कार्यक्रम यस वर्ष आगामी बैशाख ४ गते शनिबार हुने भएको हो ।
यस बर्षको उत्कृष्ट नागरिक सम्मान समारोह – २०७७ कोे संयोजकमा वीरता जेसीजका भूतपूर्व अध्यक्ष यामकुमार खड्का रहेका छन् भने सचिवमा भूतपूर्व अध्यक्ष विशाल थापा रहेका छन् ।

त्यस्तै यस बर्षको उत्कृष्ट नागरिक छनौट समितिको संयोजकमा अनारमनी पव्लिक क्याम्पस प्रमुख मोहन शिवाकोटी रहेका छन् भने सदस्यहरुमा भानु माविका प्रधानाध्यापक रुपक दाहाल, हिमाली माविका प्रधानाध्यापक केशवप्रसाद ओझा , वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुका तर्फबाट भूतपूर्व अध्यक्ष राजकुमार पोखरेल , उत्कृष्ट नागरिक सम्मान समारोह– २०७७ का संयोजक यामकुमार खड्का रहेका छन् ।
यस बर्ष उत्कृष्ट नागरिकको रुपमा पत्रकारिता / सञ्चार विधामा उत्कृष्ट एक जनालाई चयन गरिने उत्कृष्ट नागरिक सम्मान समारोह – २०७७ छनौट समितिका संयोजक मोहन शिवाकोटीले बताए ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, नागरिकको सूचनाको हक रक्षाका लागि योगदान गरेको , पत्रकारिता /सञ्चारको माध्यमबाट समाजमा सकारात्मक परिवर्तनका लागि योगदान पुग्ने अभियान सञ्चालन गरेको , कम्तीमा चार दशकदेखि पत्रकारिता /सञ्चार क्षेत्रमा क्रियाशिल भएर विशिष्ठ योगदान पु¥याएका झापाका अग्रज पत्रकारको नाम सिफारिस गर्न सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

हरेक बर्ष विविध विधामा झापालीमध्ये एक जनालाई उत्कृष्ट नागरिक घोषित गरिँदै आएको र यस वर्ष उत्कृष्ट नागरिकको रुपमा पत्रकारिता ÷ सञ्चार विधामा चयन भएका उत्कृष्ट नागरिकलाई स्वर्ण पदक, सम्मानपत्र, नगद प्रदान गर्नुका सार्थै झाँकीसहित नगर परिक्रमा गरेर निवाससम्म पु¥याइने उत्कृष्ट नागरिक सम्मान समारोह –२०७७ का संयोजक यामकुमार खड्काले बताए ।
सन् १९८१ मा स्थापित वीरता जेसीजले २०५२ सालबाट उत्कृष्ट नागरिक सम्मानको थालनी गरेको हो ।
समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तित्वलाई छनौट गरी उत्कृष्ट नागरिक घोषणासँगै सम्मान प्रदान गर्दा त्यस्ता व्यक्तित्वको योगदानको कदर हुनुका साथै सम्बन्धित क्षेत्रमा अझ धेरै योगदान गर्ने हौसला प्रदान हुन्छ भने समाजका अन्य नागरिकलाई त्यस्तै उत्कृष्ट बन्न प्रेरित गर्ने वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार वस्नेतले बताए ।































