बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको तयारी

0
829

तुलसीप्रसाद निरौला, बिर्तामोड । 

कनकाई हस्पिटल बिर्तामोड र एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको (एएसएसएन ) को संयुक्त आयोजनामा बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको तयारी गरिएको छ ।

नेपालभरिका स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जन , रेजीडेन्सहरुको सहभागितामा प्रदेश नं. १ मै पहिलोपटक झापाको बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशालाको तयारी गरिएको एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिए ।

बिर्तामोडको सिद्धार्थ होटलमा शुक्रबार साँझ स्पाइन सर्जनहरुको सम्मेलनको उद्घाटन गरिने सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका शाहीले बताए ।

सम्मेलनको उद्घाटन एएसएसएनका प्रेसिडेन्ट प्रोफेसर डाक्टर विमलकुमार पाण्डे , पास्ट प्रेसिडेन्टद्वय प्रोफेसर डाक्टर रोहित पोखरेल र प्रोफेसर डाक्टर रवीन्द्रलाल प्रधानले गर्ने उनले बताए ।

त्यस्तै शनिबार धुलाबारीस्थित मेची क्राउनमा सवोन मोडलमा स्पाइन सम्वन्धी अप्रेसन टेक्निकबारे एएसएसएनका फेकल्टीहरुद्वारा सहभागिलाई प्रशिक्षण र नेपालका ख्यातीप्राप्त वरिष्ठ स्पाइन सर्जनहरुको प्रस्तुतीसहितको छलफल कार्यक्रम राखिएको उनले जानकारी दिए ।

मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधी तथा खोज अनुसन्धानबारे जानकारी दिन तथा युवा अर्थोपेडिक तथा न्युरो सर्जनहरुलाई दक्ष स्पाइन सर्जन बनाउने प्रशिक्षण प्रदान गर्न सम्मेलन र कार्यशालाको आयोजना गरिएको उनले बताए ।

विभिन्न फरक विशेषज्ञता हासिल गरेका स्पाइन सर्जनहरुको जमघट हुने सम्मेलनमा गर्धनको मेरुदण्डको चोट, ढाड, कम्मरको मेरुदण्डको चोटपटकको उपचार, कम्मरको डिस्प्रोल्याप्सलगायतका स्पाइनका विभिन्न समस्यामै केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु हुने एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिए ।

स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा पनि सम्मेलनमा छलफल गरिने उनले जानकारी दिए ।

झापाको बिर्तामोडस्थित कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर समेत रहेका वरिष्ठ स्पाइन सर्जन डा. शाहीले कनकाई हस्पिटल बिर्तामोडले आठ वर्षअघि प्रदेश नंं.१ मै पहिलो पटक स्पाइनल सर्जरी सेवा शुरु गरेको र हाल माइक्रोएण्डोस्कोपिक स्पाइन सर्जरी सम्बन्धी सेवा शुरु गरेर स्पाइनका विरामीलाई सेवा दिइरहेको जानकारी दिए ।

कनकाई हस्पिटलले बिर्तामोडमा स्पाइन सर्जनहरुको सम्मेलन र कार्यशाला आयोजना गरेर यस क्षेत्रका स्पाइनका विरामीलाई लाभान्वित बनाउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here