
भौगोलिक हिसाबले बिशेषगरी पूर्व–पश्चिम राजमार्गदेखि उत्तरका ठाउँहरुको माटो, हावापानी र जमिनको बनावट सुपारी खेतीलाई अनुकूल रहेकोले लामो समयदेखि यो क्षेत्र सुपारी खेतीसँग गाँसिएर रहेको छ । शुरुवातका दिनहरुमा बारीको कान्लातिर घर–आँगन अगाडि शोभाको रुपले उभिने गरेको सुपारीको बोट समय बद्लिएसँगै यसका फलहरुले नगद साटेर घरको गर्जो टार्दिन थालेपछि, कृषकहरुको मनमा यसप्रति क्रमिक रुपले आकर्षणका विम्वहरु तयार हुन थाले । खेर गइरहने गरेका दानाहरुबाट आय–आर्जनको एउटा बलियो आधार तयार भएपछि बारीको कान्लातिरबाट कृषकहरुमा व्यवसायिक पौरखीको बिषयमा रुपान्तरित भएर व्यवसायिक सुपारीखेती गर्ने अभिप्रायको थालनी भयो र यसको खेतीका आकारमा वृद्धि हुन थाल्यो । आय–आर्जन पनि क्षेत्रफल वृद्धि हुँदा त्यसै अनुसारले बढ्दै जान थाल्यो ।
आय–आर्जन र क्षेत्रफल फराकिलो हुँदै जाँदा रोग, किरा, प्रशोधन र बजारका समस्याका बिषयहरु पनि चुनौतिका रुपमा देखा परे । समयमै परिस्थिति सहज गराउन नसकिए, समस्या अझ थपिने पीरले कृषकहरुमा संस्थागत रुपबाट अघि बढ्ने सल्लाह र छलफलहरुको थालनी भयो । घर वरिपरि केही सुपारीको बोट लगाएका वा व्यवसायिक रुपले अघि बढेका सबै कृषकहरुमा दीर्घकालीन रुपबाट स्थायी व्यवस्थापनका लागि संस्थागत तवरबाट अघि बढ्दा ठीक हुने अठोटहरु पलाएसँगै झापाको अर्जुनधारा नगरपालिकाको कालीस्थानमा भेला भई सरसल्लाह, छलफल गर्दै जाँदा एउटा समूह बनाइयो । त्यसै समूहले ‘नेपाल सुपारी खेती बिकास संस्था’को नामबाट विधान तयार गरी स्थानीय प्रशासनबाट स्वीकृत गराएर बि.सं.२०५८ मा संस्थाको पहिलो साधारणसभा सम्पन्न गरी बिभिन्न निर्णयहरुसँगै समितिको निर्माण ग¥यो ।
तात्कालीन समयमा सुपारी खेतीसँग सम्बन्धित सबै बिषयहरु अव्यवस्थित र असरल्ल रहेकाले पदीय जिम्मेवारी सम्हाल्नु सरल थिएन, तापनि नयाँ समितिमा जोस् र जाँगर पनि नयाँ हुनाले झमेला, झन्झट जति आए पनि व्यहोर्दै, फाँड्दै अघि बढिरह्यो । प्रशोधन प्रणाली अन्तर्गतका तालिम कार्यक्रम र नेपालमा पनि सुपारीखेती छ, भन्ने जानकारी सरकारका विभागहरुमा पु¥याउनु महत्वपूर्ण सकसहरु थिए ।
समस्याहरु झेल्दै, व्यहोर्दै अघि बढ्दै गर्दा, विभिन्न संघ–संस्थाहरु र आफ्नै संस्थाद्वारा पनि सञ्चालित कार्यक्रमहरुमा र तालिमहरुमा सहभागिता जनाउँदै गर्दा, केही ज्ञान र अनुभवहरु पनि सङ्कलन हुँदै र थपिँदै जाँदा यिनै पूर्वाधारहरु समेतका बलले अन्योलमा रहेका सम्पूर्ण सुपारी उत्पादक कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा अत्यन्त उपयोगी भई सहयोग पु¥याउनेछ भनेर ‘नेपालमा सुपारीखेती’ नामक पुस्तक तयार गर्ने जमर्काे म बाट भयो । यसको अब दोश्रो सस्ंकरण निकट भविष्यमा बजारमा आउने तयारीमा छ, जसले सुपारीखेतीमा देखिएका कठिनाइ र समस्याहरुमा समाधानका उपायहरु पहिल्याउन सहज हुने आशा गरेको छु ।
अहिले बोटमा सुपारीफल लटरम्म भई फलिरहेको अवस्था छ । यसको केहीपछि सुपारी फल पाक्ने क्रमको थालनी हुनाले बिरुवा तयार गर्न नर्सरी व्यवस्थापनको महत्वपूर्ण समय आउँदैछ । समय छँदै यसबारे जानकारी लिएर दानाको छनोट कार्य अघि बढाउन ध्यान पु¥याउनु धेरै महत्वपूर्ण हुन्छ । दानाको छनौट गर्दा तथा बिरुवा रोपण गर्दा निम्न अनुसारका कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
जस अनुसार अशल र उपयुक्त दाना छनौट गर्नलाई सर्वप्रथम राम्रो फल्दै गरेको निम्न अनुसारका गुणहरुबाट सुसम्पन्न ‘आमाबोट’ पहिल्याउनुपर्छ–
– फल्दै गरेको बोट स्वस्थ्यकर हुनुपर्छ ।
– साधारण अवस्थाका ठिक्क खालका आँख्ला भएको हुनुपर्छ ।
– २० बर्षदेखि ४० बर्षसम्म निरन्तर रुपमा राम्रो उत्पादन दिइरहेको बोट हुनुपर्छ ।
– पात धेरै भएको बोट स्वस्थकर मानिन्छ, त्यसरी नै आँख्ला पनि बाक्लो भए अझ राम्रो ।
– सकभर अगौटे फूल्ने खालको बोट र फूले अनुसारका दाना समेत धेरै अडिएर रहने खालको हुनुपर्छ ।
– कुनै–कुनै साल नफल्ने भई बाँझो नरहेको र निरन्तर फलिरहेको बोट हुनुपर्छ र उत्पादन धेरै दिइरहेको सुपारीको बोटलाई प्राथमिकता दिनुपर्छ ।
उपरोक्त गुणहरु रहेको सुपारी बोटलाई सुपारी नर्सरी व्यवस्थापन कार्यमा ‘आमाबोट’को नामबाट सम्बोधन गरी निम्न अनुसारको प्रक्रियाबाट दानाको छनौट गर्ने :
– सुपारीको बोटमा दाना राम्ररी पाकेर रातो भएको हुनुपर्छ ।
– राम्रोसँग पाकेको ३५ ग्रामभन्दा बढी वजन भएको दानाहरुलाई छनोट गरेर नर्सरी गर्नुपर्छ ।
– छनोट गर्ने भनेर तयार गरिएको सुपारीको बीऊ दाना पानीमा डुबाउँदा टुप्पो उँभोतिर फर्किएर रहने खालको हुनुपर्छ ।
दानाको छनौट गरिसकेपछि नर्सरी व्यवस्थापन :
– सुपारी नर्सरी गरिने ड््याङ्गलाई १२० सेमी चौडाईको बनाउनुपर्छ र लम्बाई ठाउँ अनुसार र आफूलाई काम गर्न सजिलो हुने हिसाबले बनाउने ।
– दुई ड््याङ्गको बीचको फरक ४५ सेमीसम्मको राख्नुपर्छ, जसले गर्दा गोडमेल गर्नमा सजिलो हुन्छ र गोडमेल गर्दा उखेलेको झारजङ्गल थुपार्न पनि सजिलो हुन्छ ।
– नर्सरीका लागि तयार गरिएको ड््याङ्गलाई १५ सेमी अग्लो बनाएर माथिबाट पातलो गरी मसिनो बालुवा छरिदिने जसले गर्दा ड््याङ्गको माथिल्लो भागको माटो हलुका भएर बस्नेछ ।
– निर्माण गरिएको ड््याङ्गमा पचेको गोबरमल राम्रोसँग मिसाउनु पर्छ ।
– सुपारीका बोटबाट दाना टिपेको तत्कालै नर्सरी गर्नुपर्छ, दुई–चार दिनपछि नर्सरी गर्ने भनी ढिला गरे दानाको उमार शक्तिमा ह्रास आउँछ र सबै उम्रिदैन ।
– सुपारीका दानालाई लाइनमा हरफ मिलाएर टुप्पोलाई उँभो पारेर रोपण गरिदिने ।
– नर्सरीमा दानाको लाइन ३० सेमीको फरक राख्नु पर्छ, जसले गोडमेलमा सहजता हुनेछ ।
– रोपण गरीसकेपछि माथिबाट हलुका तरिकाले सोत्तर, क्ष्वाली वा परालले जोगाउँदै मिलाएर छोपी दिने ।
– ड््याङ्गमा सुपारीका दाना लगाई सकेपछि आवश्यकता अनुसार बेलाबखत उम्रिएका झारजङ्गल हटाउँदै, सिँचाई गर्दै रहनुपर्छ, खडेरी लाग्यो भने बिरुवा सुक्ने डर रहने भएकाले त्यस समयमा अझ बढी ध्यान पु¥याउनुपर्छ ।
– सुपारीका दाना वा बिरुवालाई पोलिथिन प्याकेटमा पनि लगाउन सकिन्छ जसका लागि २ ः १ ः १ रु माटो, गोबर, बालुवाको अनुपात मिलाएर लगाउनुपर्छ ।
























