भस्त्रिका प्राणायामका फाइदा

६ चैत्र २०७७, शुक्रबार मा प्रकाशित

भस्त्रिका शक्तिशाली प्राणायाम हो । श्वासलाई नियन्त्रण गर्ने पद्धतिलाई प्राणायाम भनिन्छ । यो प्राणायाम बज्र आसनमा गर्दा हामीलाई अधिक फाइदा पु¥याउँछ । आलोम विलोम, कपालभाती प्राणायाममध्ये भस्त्रिका पनि शक्तिशाली र श्वासबाट गरिने पद्धति हो । शरीरभित्र तत्काल ऊर्जा प्राप्त गर्न यो प्राणायाम उपयोगी मानिन्छ ।
भस्त्रिका गर्ने बित्तिकै शरीरभित्र ऊर्जा सञ्चार भएको महशुस हुन्छ । भस्त्रिका स्वासप्रश्वास सम्बन्धी प्राणायाम हो । यसमा लामो र गहिरो श्वास लिने र छोड्ने गरिन्छ । श्वास लिँदा शरीरको एकतिहाइ भागमा मात्र अक्सिजन पुग्छ । प्राणायामहरु गर्दा शरीरभित्र धेरैैभन्दा धेरै अक्सिजन पुग्छ । शरीरका धेरै कोषमा अक्सिजन पुग्दा कोषहरु सक्रिय हुन्छ । कोष सक्रिय हुँदा रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

आयुर्वेदमा शरीरमा वाथ, पित्त र कफ नै रोगको कारण हुने उल्लेख भएको हुन्छ शरीरमा ८० प्रकारका रोग बाथबाट, ४० प्रकारका रोग पित्तबाट र २० प्रकारका रोग कफका कारण हुन्छन् । नियमित रुपमा प्राणायाम गर्दा यी रोगबाट मुक्ति पाइन्छ । भस्त्रिकाबाट फोक्सोको कार्य क्षमता बढाउने गर्दछ । फोक्सो कमजोर भएर दम लगायतका स्वासप्रश्वास सम्बन्धी रोग लाग्छन् । ‘मुटु र मस्तिष्कलाई फाइदा पुग्छ । थाइराइड, टन्सिल निको हुन्छ । शरीरभित्रका कार्बनडाइअक्साइड जस्ता विजातीय तत्व बाहिर निकालेर फाल्छ । जसले दैनिकरुपमा योग, ध्यानको अभ्यास गर्छ त्यो व्यक्तिको फोक्सोकोे क्षमता बढ्छ । फोक्सोको क्षमता बढाउन श्वासबाट सम्भव छ ।

शरीरमा भएको असी प्रतिशत विकारहरु बाहिर निकाल्न सक्छौं । खानपान र जीवनशैलीमा परिवर्तन आएको छ । व्यस्त जीवन छ मानिसहरुको । दिनानुदिन शरीरभित्र विकारहरु विषादीहरु हाम्रो शरीरमा प्रवेश गरिएको छ । मानिस त्यो ख्याल गरिरहेका हँुदैनन् । योग प्राणायाम गरेर हामी शरीरभित्रको विकार हटाउन सक्छौं । स्वास्थ जीवनशैली अपनाउन सकिन्छ । प्राणयामहरु गर्दा फोक्सोको क्षमता बढेर जान्छ । हाम्रो फोक्सोले शतप्रतिशत काम गरिरहेको हुँदैन । तसर्थ, योग प्राणायामको माध्यमबाट यसको कार्य क्षमता बढाउन सकिन्छ ।

पछिल्लो समयमा कोरोना भाइरस आएदेखि यसबाट जुध्नलाई योग प्राणायाम गर्नेहरुको संख्यामा वृद्धि भएको देखिन्छ । काम व्यस्तताले गर्दा मानिसलाई तनाव बढिरहेको अवस्था छ । त्यसकारण तनाव व्यवस्थापन गर्नलाई प्राणायाम गर्न जरुरी छ । मानिसहरु चिन्तित उदासिनता अशान्त तनावग्रस्त जीवन अपनाई बसेका छन् । शरीरको रोगभन्दा मनको रोगले ग्रस्त छ मानिस । त्यस्ता रोगहरुबाट योग प्राणायाम गर्न जरुरी देखिन्छ । मानिसहरु शरीरको रोगभन्दा मनको रोगले पीडित भएको देखिन्छ । मानिसहरु दिनानुदिन अशान्त तनावग्रस्त चिन्तित उदासीनता जीवनशैलीमा बाँचिरहेको छ । विभिन्न अवस्था गुज्रिएन पुगेको देखिन्छ । योग प्राणायाम गरेर मनबाट उत्पन्न हुने रोग समेत निको हुन्छ । भस्त्रिका प्राणायाम शक्तिशाली श्वासप्रश्वासको पद्धति भएकाले यो गर्ने बित्तिकै शरीरभित्र ऊर्जा तत्कालै आउने र हाम्रो छरिएको मनलाई शान्त बनाउने गर्दछ । शरीरलाई ऊर्जामय बनाइ राख्न मद्दत गर्छ । त्यतिमात्र नभएर भस्त्रिका प्राणायाम गर्दा फोक्सो र मुटुलाई पनि लाभ मिल्छ ।

काम व्यस्तताले गर्दा तनाव बढेको छ र मानिसभित्र रीस पलाएको देखिन्छ । रीस नियन्त्रण हुने, मन शान्त हुने र शरीरबाट उत्पन्न हुने पीडा कम भएर जान्छ । टाउको दुख्ने रोग समेत निको भएर जान्छ । पिनास समेत निको हुन्छ । मधुमेह रोगीलाई पनि लाभदायक छ । त्यति मात्र नभएर पुरुष र महिला दुबैको विर्य शुद्धीकरण गर्ने काम गर्छ । शरीरलाई स्फूर्त बनाइ राख्न मद्दत गर्छ । फोक्सोले तीस प्रतिशत मात्र काम गर्ने भएकाले योग तथा प्राणायामको मद्दतले यसको अझ क्षमता बढाउन सकिने भएकाले आलश्य र मानसिक पीडाहरु हटाउन सकिन्छ ।

भस्त्रिका प्राणायाम अति उपयोग मानिएको छ । योगको अभ्यास गर्ने बेला भस्त्रिका गर्न सकिन्छ । यसको निरन्तर अभ्यास गर्दा मानिसको स्मरण शक्ति बढ्न थाल्छ । रोग प्रतिरोधात्मक क्षमता बढेर जान्छ । शरीरभित्रको विकार हटेर जान्छ । अनुहारमा चमक ल्याउँछ । कुनै पनि काममा केन्द्रित बनाउँछ । पेट सम्बन्धी रोगलाई पनि फाइदाजनक छ । भस्त्रिका अति उपयोगी प्राणायाम हो । योग तथा प्राणायाम आफैं गर्न नमिल्ने भएकाले योग प्रशिक्षकसँग प्रशिक्षण तथा सल्लाह लिएर गर्नु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here