अनारमनी क्याम्पसको अध्यक्षमा पोखरेल

0
855

बिर्तामोड ।

अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारको अध्यक्षमा राजकुमार पोखरेल चयन भएका छन् । बिर्तामोडका स्थायी बासिन्दा पोखरेल यसअघि पनि सोही क्याम्पसको अध्यक्ष थिए ।

क्याम्पस परिसरमा आइतबार सम्पन्न दोस्रो अधिवेशन तथा १०औँ वार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा कृष्ण बिमली, शिव खरेल, रुद्र सिटौला, डा. लक्ष्मी मैनाली, मोहन मित्तल, जानुका थापा मगर, युवराज प्रसाईं र नरेशमान धिमाल छन् ।

त्यस्तै, क्याम्पस प्रमुख मोहन शिवाकोटी समितिको सदस्य सचिव रहने छन् । वडाध्यक्ष र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने छन् । सञ्चालक समितिको सदस्यमा महिला आदिवासी र जनजातिको तर्फबाट थप तीनजनालाई मनोनयन गरिने अध्यक्ष पोखरेलले बताए ।

संविधनसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभामा बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला, क्याम्पस भवन निर्माण समितिका संयोजक हर्कलाल गिरी, मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

रुद्र सिटौला र जुनु प्रधानले सञ्चालन गरेको साधारणसभाको अवसर पारेर ४३ जना विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here