लकडाउनमा आपतकालीन कार्य व्यवस्थापन

0
1031

विश्व भर फैलिएको कोरोना महामारी कोभिड–१९ चीन को बुहानबाट शुरु भई संसारभर फैलियो । चीनमा हजारौंको संख्यामा देखिएको कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरण गर्न शुरु भएको लकडाउन कायम भएका विश्वभरिका प्रमुख शहर विश्व मानचित्र नै लकडाउनमा फस्यो । विश्वभर लकडाउन पालना भएका शहरका दृश्य विश्व एउटा गाउँ भइसकेको परिपेक्षमा सबैलाई सहज उपलब्ध हुने सञ्चार, इन्टरनेटले सबल तुल्याइदियो । विश्वभर सुनसान, सन्नाटा छाएको कोभिड–१९ को महामारी अबको नयाँ विश्व इतिहासको वा यस शताब्दी कै प्रमुख चुनौती बन्न सफल भयो ।

विभिन्न देशमा भएका लकडाउनले मानव जीवनमा परेको प्रत्यक्ष र अप्रत्यक्ष असरको लेखाजोखा राख्न समेत राख्न चुनौती बनेको वर्तमान अवस्थामा लकडाउनले पु¥याउने आर्थिक, समाजिक, राजनीतिक असरको कल्पना पनि विश्व मानचित्रमा बर्षैसम्म रहने दुईमत छैन । लकडाउन भएसँगै छिमेकी देश भारतबाट हजारौं यात्री पैदल यात्राबाट गन्तव्य स्थान पुगे, नेपालको राजधानीबाट सिराहा, सप्तरीसम्म पैदल आएका यात्रीको कथा–व्यथा हामीलाई थाह छ । लकडाउनले पु¥याएको असर सँगै नेपालमा संक्रमित मृत्युवरण गर्नेको संख्या ३५०० काटे ।

मानिसहरुमा विद्यमान मनोवैज्ञानिक त्रासले डेरा जमाएको वर्तमान परिस्थितिमा उच्च मनोबलका साथ अघि बढ्न समेत चुनौती हुँदै गएको थियो । अस्पताल, सार्वजनिक बिद्यालय, भवनहरु क्वारेन्टाइन बनेका थिए । हजारौंको संख्यामा भारत तथा तेस्रो मुलुकबाट आएका क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था विद्यमान थियो । कोरोना सचेतना सँगसँगै संक्रमितलाई उपचारका लागि लैजाने र पीसीआर र आरडिटी टेस्टमा लैजानुपर्ने अवस्था थियो ।

लकडाउनले वातावरणमा राम्रो प्रभाव परे सँंगै विभिन्न कारण वंश आत्महत्या गर्नेको संख्यामा पनि वृद्धि भएको छ । कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरका परिणामहरु समाजमा देखिन थाले । क्वारेन्टाइनमा बसेर निरोगीको प्रमाणपत्र लिई आफ्नो बासस्थान पुग्दा समेत सामाजिक बहिष्कारको समेत शिकार व्यहोर्नु परेको थियो । लकडाउनसँगै मानिसको दैनिक जीवनमा व्यापक परिवर्तन भएका छन् । लकडाउन शुरु भएसँगै बीच बाटोमा फसेका, लकडाउन बीचैमा खुलिहाल्छ कि भनेर काठमाडौं लगायत देशैभरि एक ठाउँबाट अर्को ठाउँ सँगसँगै भारत र तेस्रो मुलुकबाट स्वदेश फर्किने, फर्केसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि हजारौं पुगेको थियो ।

यसैबीच मानिसहरु सबै काम, व्यवसाय, आवत–जावतलाई बन्दाबन्दी स्थितिमा रहँदा दैनिकी जीवन कष्टकर बन्यो, बिरामी अस्पतालमा मानिसहरुले धेरै किसिमको समस्या भोग्नु प¥यो । लकडाउनलाई पालना गर्न नियम, कानूनहरु बने, स्थानीय सरकार, प्रहरी प्रशासनले नियम पालना गराउन अनेकौं तयारी र परिचालनको काम गरेको थियो । यसै सेरोफेरोलाई नियाली रहँदा म अभियान्ता÷मानव अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्र्मी, सञ्चारकर्मी, स्वास्थकर्मी, अभियान्ता देशैभरि उल्लेखनीय काम गर्नुप¥यो ।

म स्वयम् आपतकालीन प्रतिक्रिया केन्द्र (भ्mभचनभलअथ च्भकउयलकभ अभलतभच) अभियानको एक हिस्सा बनी कार्यरत थिए । मानव अधिकारको अभियन्ता भएर क्रियाशील रहँदै गर्दा मानव अधिकारकर्मीको काम द्वन्द्व, न्याय र पीडितको वकालत र स्वतन्त्रताको सवालमा कार्य गरिरहँदाको समय र अहिलेको विश्व महामारीको समयमा समेत नागरिकको विभिन्न अधिकारका लागि न्यायमूलक समाजको निर्माणमा लाग्दै गर्दा वर्तमान विषम् परिस्थितिमा समेत अधिकारकर्मी, सञ्चारकर्मी र विभिन्न स्वयम्सेवी अभियान्ताले ज्यान जोखिममा राखी गरेको उद्धार, राहत, सूचना सम्प्रेषण, बिरामीको उपचारमा पहुँच अभिवृद्धि, स्वमसेवा, रगत अभाव न्यूनीकरण, लकडाउनमा फसेकाको यात्रा सहजीकरण, क्वारेन्टाइन र होल्डिन पोइन्टहरुको अवस्था, क्वारेन्टाइनमा विभिन्न संघ–संस्थाले उपलब्ध गराएका सामान, यातायात आवतजावत ठप्प भयेको अवस्थामा गरियेको कोरोनाविरुद्धको सहकार्य जस्ता कुराले नयाँ परिवर्तन, कार्यशैली सँगसँगै विगतका मूल्य–मान्यतालाई परिवर्तन गर्न नयाँ आयाम थपेको छ ।

विश्वव्यापीरुपमा अभाव सृजना भयेको वर्तमान अवस्थामा सबै किसिमको अभियान्ताले पु¥याएको सेवा, सहकार्यले कोरोना महामारीविरुद्धको एकजुट भई लाग्न र समुदायमा राज्यका निकाय मात्र होइन अन्य सहोदर साझेदारी गर्ने व्यक्ति, संघ–संस्था, अभियानले समेत उल्लेखनीय काम गरेसँगै सरकारी पक्ष, गैरसरकारी पक्ष, निजी क्षेत्र लगायत मानव अधिकारको नयाँ पुस्ताले पुराना मूल्य–मान्यता, मानवअधिकारको परिभाषा, संकट व्यवस्थापनमा गरेको प्रयासलाई नयाँ पुस्ताले गरेको सकारात्मक परिवर्तनको रुपमा सबैले लिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here