झापामा १५ युवालाई निःशुल्क कम्प्युटर तालिम

0
1349

विर्तामोड ।

युवालाई प्रविधिमा जोड्दै स्वरोजगार बनाउने उद्धेश्यले राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समिति झापाले बिर्तामोड एजुकेशन फाउन्डेसनसंगको सहकार्यमा १५ जना युवालाई निःशुल्क कम्प्युटर तालिम शुरु गरेको छ ।

सरकारले ७७ वटै जिल्लामा युवा परिषद् अध्यक्ष तोकेपछि झापाको नेतृत्व सम्हालेका झापा अध्यक्ष मदन बुढाथोकीले युवालाई स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने उद्धेश्यले कम्प्युटर तालिमको आयोजना गरेको बताए । युवाहरुलाई आफ्नै देशमा केही गरौं भन्ने भाव जगाउदैं आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

युवापुस्ता बेरोजगार भएमा देशको विकास तथा आर्थिक विकासमा असर पर्ने भएकाले यवा परिषद्ले अब हरेक क्षेत्रमा युवा लक्षित कार्यक्रम अघि बढाउने अध्यक्ष बुढाथोकीको भनाई छ ।

शुक्रबारबाट सुरु भएको कम्प्युटर तालिमको सुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश संसाद एकराज कार्कीले युवा लक्षित कार्यक्रमका लागि राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समिति झापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले युवामा उद्यमशिलताको विकासका लागि आफुले सक्ने सहयोग गर्दै सामाजिक काममा युवाहरुलाई प्रोत्सहान गर्ने बताए ।

कार्यक्रममा बिर्तामोड–३ का अध्यक्ष एवम् कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाले राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समिति झापासंग आफु सहकार्य गर्न तयार रहेको बताए । प्रविधि बिना अब केही गर्न नसकिने भएकाले कम्प्युटर तालिमको आयोजना गरेर युवा परिषद्ले उत्कृष्ट कार्य गरेको बताए । उनले अब प्रविधि बिना कुनै सिप काम नलाग्ने भएकाले युवाहरुलाई निःशुल्क भनेर हल्का रुपमा नलिन आग्रह गरे ।

एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओलीले युवा लक्षित कार्यक्रम गरेर नवनियुक्त अध्यक्षले राम्रो कामको सुरुवात गरेको भन्दै बुढाथोकीको प्रशंसा गरे । प्रविधिको विषयमा जानकार नभएसम्म केही गर्न नसकिने भन्दै उनले अब हरेक युवाहरु प्रविधिमा दक्ष हुनुपर्नेमा जोड दिए । कार्यक्रममा इक्यान झापाका अध्यक्ष सुमनशर्मा जम्मरकट्टेलले युवा परिषद्ले युवा लक्षित कामको सुरुवात गरेको भन्दै अब हरेक युवायुवतीहरु स्वरोजगार भएमात्रै देशको विकासले गतिलिने बताए ।

सिपको विकास भएमा बेरोजगार नुहनु नपर्ने भन्दैले उनले निःशुल्क तालिम भनेर खेलाँची नसक्झन आग्रह गरे । राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला युवा समिति झापाको लक्ष्य र उद्धेश्य माथि निर्वमान अध्यक्ष छवि चुडालले प्रकाश पारको कार्यक्रममा बिर्तामोड एजुकेशन फाउन्डेसनका प्रमुख राज कार्कीले स्वागत गर्दै सामाजिक उत्तरदायित्व अन्र्तगत आफुहरुले निःशुल्क कम्प्युटर तालिमको आयोजना गरेको उल्लेख गरे । कार्यक्रमको सञ्चालन सामाजिक अभियान्ता दिपक दासले गरेका थिए । तालिम ३ महिनासम्म सञ्चालन हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here