सवारी दुर्घटना एक जनाको मृत्यु

0
1149

मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here