गाँउ-गाँउमा कोभिडबारे सचेतना कार्यक्रम गराउँदै शिवसताक्षी

0
995

विनोद सापकोटा,झिलझिले ।

शिवसताक्षी नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा विपद तथा कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

वडाको मोती माध्यमिक विद्यालय हिमालय प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विपत तथा कोभिड १९ का विषयमा सचेत गराइएको हो । गोपाल गौरि दिगो विकास प्रतिष्ठान नेपालको आयोजनामा चैत्र ११ गते मोती माध्यमिक विद्यालय र १२ गते हिमालय प्राथमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

दूईवटै कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोभिडको महामारी अझैपनि नसकीएकोले सबैले सचेत हुनुपर्ने बताए । नगरले सावधानी अप्नाँउदा अप्नाँउदै समुदाय बाहिरबाट भित्रिएको कोभिडले १२ जनाको ज्यान लगेकोमा नगर प्रमुख शेर्माले दुख व्यक्त गरे ।

उनले भने,‘ विश्वनै तहस नहस हुने गरी फैलिएको कोरोना नेपालमा अझैपनि एकाध ठाँउमा देखा पर्न थालेको हुँदा आम नगरबासी सर्वप्रथम आफै सचेत हुनुहोस् ।’ कोरोनाबाट बच्न सरकारले जारी गरेको न्युनतम मापदण्ड अपनाउँदा कोरोना जित्न सकिने उनको भनाइ थियो । कोरोनाको लक्षण देखा परे नगरको स्वास्थ्य साखामा तुरुन्त सम्पर्क राख्न पनि उनले आग्रह गरेका छन् ।

मोती माध्यमिक विद्यालयको कार्यक्रममा वडा नम्बर २ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा वडा सदस्य कुमार राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा भुमी व्यवस्थापन आयोगका झापा सदस्य राधा कृष्ण खनाल, मोती माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर लावती लगायतले शिवसताक्षी नगरले कोभिडको कारण लकडाउन भएको बेला विपन्न तथा रोजगार गुमाएका परिवारलाई पुर्याएको सहयोगको चर्चा गरेका थिए ।

हिमालय प्राथमिक विद्यालयमा बिहीबार भएको कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा सदस्य कुमार राईको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा विद्यार्थीले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई हात धुने तरिका प्रयोगात्मक विधिबाट देखाएका थिए ।

यता वडा नम्बर १ को लक्ष्मीनारायण माध्यमिक विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीलाई पनि विपद तथा कोभिड १९ को विषयमा सचेताना गराउने कार्यक्रम सम्पन्न भएको छ ।

गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिराका गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले नगरले रचनात्मक तथा क्षमता अभिवृद्धीका कार्यक्रम विद्यार्थीका लागि ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आव्हन गरे । कार्यक्रममा विद्यालयका शिक्षक पुरण राजबंशीले मन्तव्य राखेका थिए । तीनवटै कार्यक्रममो सहजीकरण सीता ओझाले गरेकी थिइन् ।

आयोजक प्रतिष्ठानका अनुसार प्रत्येक विद्यालयमा आयोजित कार्यक्रममा ४० जना विद्यार्थी सहभागी थिए ।यता शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को अर्थिक सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानको सभाहलमा तीन दिवसीय नेतृत्व तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । चैत ११ देख िसुरु भएको सो तालिम शुक्रबार सम्पन्न भएको हो ।

शिवसताक्षी नगरका ११ वटै वडाका करिव ४० महिलालाई नेतृत्व र क्षमता वृद्धी सम्बन्धि तालिम प्रदान गरिएको थियो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य वहादुर आङवो, प्रेस चौतारी झापाका सचिव विनोद सापकोटा, सहजकर्ता सीता ओझा,तालिममा सहभागी मुना उप्रेती (अधिकारी), नर्वदा दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम निर्मला प्रधानले संचालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here