चौधरीका पाखुरामा दुर्गा प्रसाईको ट्याटु

0
1538

झापा, हरेक उमेरका मानिसमा एउटा न एउटा छुट्टै प्रकारको रुची हुन्छ । त्यस मध्ये अचेलका युवा पंक्तिमा भने शरीरका अलग–अलग अंगमा ट्याटु खोपाउने औधि रुची भएको देख्न सकिन्छ । कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खोपाइसकेका हुन्छन् भने कति पयले देखिने अंगमा ट्याटु राख्ने गरेका छन् । ट्याटुको लोकप्रियता अहिले दिन प्रतिदिन बढ्दै गएको छ । त्यसो त नेपालमा ट्याटु खोप्ने चलन जति बढेको छ, त्यति नै यससम्बन्धी कलाकारको माग पनि बढेको छ ।
खासगरी सञ्चार माध्यममा छाउने कलाकारको ट्याटु मोह अधिक नै हुने गरेको पाइन्छ । वारम्वार सञ्चार माध्यममा आइरहने सेलिब्रिटीले गोप्य अंगमा ट्याटु खोपेपछि तस्बिरहरू भाइरल नै हुने गरेका छन् । ट्याटु खोप्नु सौख पनि हो । तर, कतिपय नेपाली अभिनेत्रीका ट्याटु खोपेका तस्बीर बेला बेलामा सार्बजनिक हुदा आलोचना पनि सहनु परेको छ ।
तर, टुयाटु सेलिव्रेटीले मात्र होइन सामान्य नागरिकले पनि खोपाउने गरेका पछिल्ला थुप्रै उदाहरण पनि छन् । पछिल्लो समय बिर्तमोडस्थित वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको तस्वीर शरीरमा खोपिएको ट्याटु निक्कै भाइरल नै बनेको छ । पछिल्लो समय चर्चामा रहेका प्रसाईको झापा विर्तामोडका विजय चौधरीले आफ्नो पाखुरामा तस्वीर खोपेका हुन् । चौधरीले ट्याटु नै हानेर प्रसाईको प्रशंसा गरेका छन् ।
युवाहरुका बीच लोकप्रिय बनेका प्रसाईको ट्याटु खोपेका चौधरीले सम्मानका लागि ठ्याटु बनाएको प्रतिक्रिया दिएका छन् । उनले प्रसाईले स्वास्थ्य क्षेत्रमा गरेको योगदानसँगै उनको हिम्मत र आँट प्रेरणा बनेकाले ट्याटुृ खोपेको जानकारी दिए । विर्तामोड–७ का चौधरीले २५ हजार तिरेर ट्याटु हानेका छन् । उनी विएण्डसीका पूर्व कर्मचारी हुन् ।
ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ । कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् । तर नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् । कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । चौधरीले भने पाखुरामा देखिने गरी दुर्गा प्रसाईको ट्याटु राखेका छन् ।
विभिन्न कुराले चर्चामा आउने प्रसाई यस पटक भने ट्याटुका कारण चर्चामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here