राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कचनकवलमा राई

0
858

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कचनकवल गाउँपालिका कमिटीको अध्यक्षमा राजकुमारी राई चयन भएकी छिन् ।

संस्थाको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष लक्ष्मी मिश्र ,सचिब देवी नेपाल , सहसचिव स्नेहा वाइवा , कोषाध्यक्ष पूजा भण्डारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमला भूजेल , सुनिता राजवंशी, शान्ता राजवंशी, लव्ली राजवंशी, कमला राजवंशी, कमला राजवंशी, ममता राजवंशी, उर्मिला राजवंशी, निर्मला राजवंशी रहेका छन् ।

देवी नेपालको अध्यक्षता तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य धनकुमारी कन्दङवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी प्रदेश कमिटी अध्यक्ष आशा लिम्वू, प्रदेश कमिटी सदस्य माया राई लगायतले शुभकामना दिएका थिए ।

कमला भूजेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोजी राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here