पाँचथरमा जिप दुर्घटना एक जना मृत्य, एक जना घाईते

0
532

पाँचथर।

पाँचथरको याङबरक गाँऊपालिका–३ ओयाम यलम्बर चौकमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका–२ पल्लोटार वस्ने ३६ बर्षीय फुलकुमार राईको मृत्यु भएको छ ।

बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरेर दुर्घटना हुँदा गम्भिर घाईते भएका फुलकुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको बीएण्डसी अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here