काँकरभिट्टा खानेपानीको निर्वाचनमा मिश्रित परिणाम

0
833

लक्ष्मी उप्रेती,
काँकरभिट्टा ।

नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।

आईतबार सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार सञ्चालक समितिको अध्यक्षमा राजकुमार पराजुली १ हजार ५ सय ९२ मत प्राप्त गदैं विजयी हुनुभएको छ ।

नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार पराजुलीले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार हर्क फियाक लिम्बुलाई ८८ मतले पराजित गर्नुभएको हो । फियाकले कुल १ हजार ५ सय ४ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपाध्यक्षमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार गोविन्द गिरी १ हजार ४ सय ४१ मत प्राप्त गदैं विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार रिमादेखि खरेलले ९ सय मत प्राप्त गर्नुभयो । गिरी र खरेलको मतान्तर ५ सय १४ रहेको छ ।

यसैगरि स्वतन्त्र उपाध्यक्षका उम्मेद्वार कृष्णबहादुर सुवेदीले ४ सय ४८ र संघिय लोकतान्त्रिक मंचका तर्फबाट समेत उम्मेद्वार राजु चेम्जोङले २ सय ८२ मत प्राप्त गर्नुभएको थियो । सचिवमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार चन्द्रप्रसाद निरौला नेपाली काँग्रेस जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार दिलीपजंग सुब्बासँग ८० मतले पराजित हुनुभयो । निरौलाले १ हजार ३ सय ३५ र सुब्बाले १ हजार ४ सय १५ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा नेपाली काँग्रेस जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार मीनाकुमार कटुवाल १ हजार ४ सय ९२ मत प्राप्त गदैं विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार हेमा सिटौलाले १ हजार २ सय ५३ मत प्राप्त गर्नुभयो । सिटौला २ सय ३९ मतले पराजित हुनुभएको हो । संघिय लोकतान्त्रिक मंचका उम्मेद्वार भवानी महतले २ सय ८४ मत प्राप्त गर्नुभएको छ ।

लेखा समिति संयोजक एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार जीवनकुमार थापाले १ सय ३९ मतले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार कृष्ण कट्टेललाई पराजित गर्नुभयो । थापाले १ हजार ५ सय २३ र कट्टेलले १ हजार ३ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

लेखा समितिको खुला सदस्यतर्फ नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका इन्दिरा बुढाथोकी अधिकारीले १ हजार ४ सय ५० मत र महिला सदस्यमा समेत सोहि प्यानलकी मीरा कार्कीले १ हजार ५ सय ८७ मत प्राप्त गदैं विजयी हुनुभयो । उहाँहरुका प्रतिस्पर्धी क्रमस एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार टोलबहादुर सुनारले १ हजार ३ सय ७४ र सीता राईले १ हजार ३ सय ४९ मत प्राप्त गर्नभयो ।

यसैगरी महिला सदस्यमा दुर्गादेवि भेटवाल र पार्वति खड्का विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार भेटवालले १ हजार ४ सय १० र नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार खड्काले १ हजार ५ सय ६० मत प्राप्त गदैं विजयी हुनुभएको हो ।

पराजित महिला सदस्यहरुमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार मिनमाया लिम्बु सुब्बाले १ हजार १ सय १५ र नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार जोस्ना राजवंशीले १ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नम्बर ५ सम्ममा नेपाली काँग्रेस ,जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार केदारजंग भट्टराई १ हजार ४ सय ९९ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार रविन राउतले १ हजार ३ सय ९१ मत प्राप्त गर्नुभयो ।

वडानम्बर ६ का लागि नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार प्रितम काफ्ले १ हजार ५ सय ९७ मत प्राप्त गदैं विजयी हुनुभयो । कार्य समिति सदस्यमा सवैभन्दा बढी मत उहाँले प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार शेरबहादुर थापा ९ सय ३३ मत प्राप्त गदैं पराजित हुनुभयो । उता वडानम्बर ७ र ८ तर्फ नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार नारायण काफ्लेले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार खगराज भट्टराई सुरेशलाई पराजित गर्नुभयो । काफ्लेले १ हजार ३ सय ५३ र भट्टराईले १ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ ।

सोहि वडाबाट संघिय लोकतान्त्रिक मंचका तर्फबाट उम्मेद्वारी दिनुभएका भवानीविक्रम तुम्बापोले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार कुल २ सय १४ मत बद्घर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here