स्वीकृतिको नयाँ वर्षमा ‘मिसले सोध्नु भो’ सार्वजनिक

३१ चैत्र २०७७, मंगलवार मा प्रकाशित

नयाँ वर्ष २०७८ सालको अवसर पारेर वैशाख २ गते ‘मिसले सोध्नु भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिने भएको छ । नेपाली कांग्रेसका प्रवत्ता समेत रहेका संगीतकार विश्वप्रकाश शर्माको संगीत उनकै छोरी स्वीकृति शर्माको शव्द÷स्वरमा सजिएको गीत सहितको म्यूजिक भिडियो रिलिज हुन लागेको हो । विश्वप्रकाश शर्माको अफिसियल युवटूव च्यानलबाट गीत सार्वजनिक गर्न लागिएको हो । जसमा मनोहर सुनामको एरेन्ज,भोला पौडेल रेकडिष्ट र लवन नेपालले भ्युजिक भिडियो निर्देशन गरेका छन् ।
म्यूजिक भिडियोमा विद्यालयमा पठन पाठन भइरहेको हुन्छ । कक्षा कोठामा अध्यापन गराउने मिसले विद्यार्थीलाई सोध्नुहुन्छ – के तिमीहरुले भगवान देखेका छौं । मिसको प्रश्नसंगै एक विद्यार्थीले जुरुक्क उठेर भन्छिन् – देखेकी छु मिस । कुन भगवान देखेकी छौं मिसले पुनः प्रश्न गरेपछि – मैले देखेको पहिलो भगवान मलाई जन्म दिने आमा हो । ‘जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी’ । दोस्रा वा आमा, तातेताते गर्न सिकाउने । अनि प्रत्यक्ष देखेको अर्काे भगवान गुरु हुन् । जसले शिक्षाको ज्योति दिनुहुन्छ । भनिन्छ – गुरु ब्रम्हा,गुरु बिष्णु ,गुरुदेव महेश्वर । साच्चै मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ । तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ । यो म्युजिक भिडियोमा यही देखाइएको छ ।

पङ्ख विहीन पंक्षी,पानी विहीनको माछा अनि सपुत विहीन देश म कल्पना पनि गर्न सक्दिन । मेरो देश फूलबारी भन्दा सुन्दर छ, झरना भन्दा प्रिय छ अनि त्यो गङ्गा भन्दा पनि पवित्र छ । त्यस्तै हुने भएकाले होला रामायणमा रामले आफ्नो भाई लक्ष्मणलाई भाव विभोर भएर सम्झाएका थिए–‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । हो पनि, जन्मभूमि मुटुभन्दा पनि प्यारो हुन्छ, अनि त्यो स्वर्ग भन्दा पनि सुन्दर । सृष्टि कर्ता अर्थात जननी बिना जिन्दगी पाउन सकिदैन भने जन्मभूमि बिना पनि जिन्दगीको अस्तित्व भेटाउन सकिदैन । जीवन पाउनु जिन्दगीको अस्तित्व भेटाउन सकिदैन । जीवन पाउनु ठूलो कुरा हो, त्यसभन्दा अझ ठूलो कुार त अस्तित्वपूर्ण जीवन पाउनु हो । त्यसैले त यो मेरो जीवन भन्दा प्यारो छ मेरो जन्मभूमि भनेर यो म्युजिक भिडियोमा देखाइएको छ । त्यस्तै विद्यालयमा शिक्षा दिने गुरुको पनि यो म्युजिक भिडियोमा उच्च स्थान देखाइएको छ ।
काठमाडौं उपात्यकाका केही विद्यालयमा छायङ्कन गरिएको म्याुजिक भिडियोमा गायिका स्वीकृति शर्मा,गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा बाल कलाकारहरुले साथ दिएका छन् ।
संगीत शिक्षक प्रभुराज ढकालको संगीतकि बिद्यार्थी स्वीकृति कक्षा १० मा अध्ययनरत छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here