शिक्षक अभिभावक संघमा भेटवाल

0
889

कनकाई।

कनकाई–३ को जनचेतना आधारभूत विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा लक्ष्मीप्रसाद भेटवाल निर्विरोध चयन भएका छन् ।

अभिभावक भेलाले समितिको सबै सदस्यहरु निर्विरोध चयन गरेको छ । सदस्यहरुमा कूलप्रसाद शिवाकोटी, अम्बिका मैनाली, सरस्वती ढकाल, समिर लकान्द्री, चन्द्रकला पौडेल, हर्कमाया लुइँटेल, अनिता ढकाल, शिक्षक प्रतिनिधिमा कमला पौडेल रहेका छन् ।

यसै अवसरमा एनसीका एजुकेशन वेलफेयर फाउण्डेसनद्वारा प्राप्त विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति पनि वितरण गरिएको थियो ।

फाउण्डेसनले प्रत्येक तीन–तीन महिनामा विद्यालयलाई रकम जम्मा गरिदिने र विद्यालयले विद्यार्थीहरुलाई आवश्यक सामग्री खरिद गरेर दिने सम्झौता गरिएको छ । यो पहिलो किस्ताको रकमबाट विद्यालयले चार विद्यार्थीहरुलाई पोशाक र स्टेशनरीका सामग्री वितरण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक कमला पौडेलले स्वागत गरेकी थिइन् भने प्रधानाध्यापक होमकुमारी कुमालले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here