तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

0
881

खोटाङ ।

खोटाङको हलेसीतुवाचुङ नगरपालिका–१ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा शनिबार हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् । बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाँऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ ।

दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ ।

उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउसो सँवा २ बजे जेसीबीको सहयोगमा दुर्घटना भएको बसलाई साईड लगाई बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here