झापा ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचोकमा शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा पछाडि सवार एकजना युवतीको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको में १० प ५५२० नम्बरको मोटरसाईकलमा सवार अर्जुनधारा नगरपालिका वडा नं २ बस्ने सुसना राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएकी राईको उपचारको क्रममा विर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सन्तोष थापा सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।































