इलाम,

इलामको माई नगरपालिकामा तीन दिने घटना दर्ता शिविरको पूर्वतयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जनप्रतिनिधि तथा कर्मचारीलाई प्रदान गरिएको अभिमुखिकरण कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्यले आगामी बैशाख–१५ गते देखि जेष्ठ–७ गते सम्म सञ्चालन हुने शिविरमा सतप्रतिशत घटना दर्ता सफल बनाउन आग्रह गर्नुभयो।
माई नगरपालिका पन्जिकरण शाखाको आयोजनामा सम्पन्न अभिमुखिकरणलाई शाखाका निर्मल सन्जेल, होमनाथ अधिकारी र सपना आचार्यले सहजीकरण गरेका थिए ।































