‘गावाप्र’को तेस्रो साधारण सभामा २१ जना दाता सम्मानित

0
966

अर्जुनधारा।

झापाको अर्जुनधारा–९स्थित चन्द्रलाल चौक बा¥हघरेमा रहेको गार्गी वाङ्मय प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षता र प्रदेश नं.१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सभामा जग्गादाता मेघनाथ पोखरेलसहित २१ जना दातालाई सम्मानित गरिएको थियो ।

प्रमुख अतिथि सांसद् प्रधान र विशेष अतिथि वडाध्यक्ष पुष्पकुमार प्रसाईंले सम्मानित हुने दाताहरुलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् कवि रोहिणीविलास लुँइटेलका व्यङ्ग्य कविता संग्रहसहित खदा ओढाई सम्मानित गरेका थिए ।

प्रतिष्ठानका सचिव केदारनाथ पोखरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको सभामा दाता एवम् महारानीगञ्ज माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले संस्थापक अध्यक्ष लुँइटेलको जीवनीसँगै प्रतिष्ठान स्थापना गर्न उनले पु¥याएको योगदान बारे प्रकाश पारेका थिए ।

कवि एवम् पूर्व शिक्षक जगन्नाथ अधिकारीले ‘चरीको ममता’ शिर्षकको कविता छन्दमार्फत् प्रस्तुत गरेको सभामा नगर कार्यपालिकाकी सदस्य हरिमाया भण्डारी दाहाल, नगर सभा सदस्य खड्गमाया पौड्यालीलगायतको आतिथ्यता रहेको थियो । सदस्य डिल्लीरमण लुँइटेलले स्वागत मन्तव्य व्यक्त गरेको सभाको सञ्चालन सहसचिव लोचन पोखरेलले गरेका थिए ।

सोही सभाको बन्दसत्रले आगामी दुई वर्षे कार्यकालको लागि नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको सचिव पोखरेलले जानकारी दिए ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा डिल्लीरमण लुँइटेल, सचिवमा केदारनाथ पोखरेल, सहसचिवमा टंकनाथ खतिवडा र कोषाध्यक्षमा रिता पोखरेल चयन भएका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कोपिला पौड्याल, चन्द्रप्रसाद रिजाल, छविलाल पोखरेल, पुण्यप्रसाद पोखरेल, युवराज शिवाकोटी र मायादेवी आचार्य चयन भएका छन् ।
त्यस्तै सोही सभाले सल्लाहकार समितिको संयोजकमा प्रेमप्रसाद पोखरेल, सहसंयोजकमा वेनुमाया अधिकारी र सदस्यहरुमा धनकुमार दाहाल, बुद्धमाया चापागाईं र लीलाराज पौड्याललाई चयन गरेको छ ।

कोभिड रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्ने उद्धेश्यले न्यूनतम संख्यामा उपस्थित भएका सभाका सहभागीहरुलाई हात धुने साबुन पानी, ह्यान्ड सेनिटाइजर र मास्कको व्यवस्थापनसँगै भौतिक दुरी कायम गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here