नेतृत्व विकास सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

0
962

बिर्तामोड ।

महिला मुक्ति अभियान झापाले क्षमता अभिवृद्धि र नेतृत्व विकास सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न गरेको छ ।

४० जजना महिलाहरुको सहभागितामा भएको प्रशिक्षण कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले अन्तरनिहीत क्षमता अभिवृद्धिका लागि तालिम अनिवार्य रहेको बताइन् ।

नगरपालिकाकै आर्थिक सहयोगमा स्थानीय महिलाहरुलाई तालिममा सहभागी गराइएको महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले जानकारी दिइन् ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले सहजीकरण गरेको तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन र समापन सत्रको सञ्चालन अभियानकी सचिव विनिता लामाले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here