सामाजिक अभियन्ता गिरीलाई बधाईसहित सम्मान

0
580

झापा ।

राष्ट्रपतिबाट जनसेवाश्री पञ्चम श्रेणीद्वारा विभुषित एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई बधाईसहित सम्मान गरिएको छ ।

सामाजिक काममा उत्कृष्ट योगदान पु¥याउँदै आएका गिरीलाई अभियानका तर्फबाट सम्मान गरिएको हो । बधाई ज्ञापनसहित सम्मान गरिएको कार्यक्रममा बधाई पत्र उद्योग वाणिज्य संघ बिर्तामोडका निवर्तमान अध्यक्ष कुमार भट्टराईले वाचन गरेका थिए ।

अभियानका सहसंयोजक बिनोद बस्नेतले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कोरोना नियन्त्रणका लागि गिरीले खेलेको भूमिका र एकका लागि एक अभियानले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको विषयमा समेत छलफल गरिएको थियो ।

समारोहमा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष नवीन पोखरेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, रोटरी क्लब अफ बिर्तामोडका निर्मल भट्टराई, सचिव सञ्जीव घिमिरे, वीरता जेसीजका अध्यक्ष राजीव धिमाल, औषधि व्यवसायी संघका जीवनकुमार खड्का, व्यवसायी ओमकृष्ण बिमली, अर्जुन चुडाल, अभियानकी सदस्य यज्ञराज (गोपाल) ओली, पदमलाल भट्टराई, मोहनकुमार पोखरेल, मदनगोपाल सुब्बा, सहारा नेपालका गोपाल भट्टराई, घनश्याम राय, मातृका सुवेदी, सिद्धार्थ नवीन उप्रेती लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here