पत्रकारलाई परिचय पत्र अनिवार्य

0
785

झापा,
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी निषेधाज्ञाको अवधिमा परिचयपत्र बाहक पत्रकारहरुलाई मात्र आवातजावत गर्न दिइने भएको छ ।

निषेधाज्ञाको अवधिभर पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्र वा नेपाल पत्रकार महासंघले जारी गरेको परिचय पत्र वा आफ्नो सञ्चारगृहले जारी गरेको परिचयपत्रमध्ये कुनै एक परिचय पत्रको आधारमा सूचना संकलन तथा सम्प्रेषण गर्न सकिने जिल्ला प्रशासन कार्यालय झापाले जानकारी गराएको छ ।

आज १९ गतेराति १२ बजेबाट झापामा निषेधाज्ञा लागू हुँदैछ । शुक्रवार प्रजिअ तिमिल्सिनाले जारी गरेको निषेधाज्ञा सम्बन्धी आदेशको बुँदा नं. ७मा सञ्चारकर्मी÷पत्रकारहरुको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा मात्र आवातजावत गर्न दिने भनिएको थियो । पत्रकारहरुको सहजताका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले तत्काल प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएको थियो । सञ्चारकर्ममा सहजताका लागि तोकिएको तीनमध्ये कुनै एक परिचयपत्र बोक्दा हुने व्यवस्था मिलाइएको बताइएको छ ।

निषेधाज्ञाको अवधिमा पत्रकारहरुको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले पछिल्लोपटक गरेको व्यवस्थाप्रति पत्रकार महासंघले प्रजिअ तिमिल्सिनालाई धन्यवाद ज्ञापन गरेको छ । महासंघले भरसक हिँड्डुल नगर्न र सुरक्षित रहन सबै पत्रकारलाई अपिल समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here