दुवै मृगौला फेल भएका सुन्दासलाई ‘अतमासेस’ कतारको सहयोग

0
782

अर्जुनधारा, दुवै मृगौला फेल भई हाल उपचाररत् झापाको अर्जुनधारा–७ निवासी राजेश सुन्दासलाई अर्जुनधारा तथा माई सेवा समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
समाजका वरिष्ठ उपाध्यक्ष पूर्णकुमार योङहाङको संयोजकत्वमा सञ्चालन गरिएको राजेश सुन्दास बचाउ अभियानमार्फत् संकलन भएको सहयोग रकम २५ हजार एक सय ९० रुपैयाँ उनलाई उपलब्ध गराइएको हो ।
समाजको नेपालस्थित समन्वय समितिका संयोजक ओमप्रकाश सिटौला र अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”ले संयुक्तरुपमा उक्त सहयोग रकम सुन्दासलाई हस्तान्तरण गरेका थिए ।

सो अभियान अन्र्तगत समाजका संरक्षक गणेश दुलालबाट एक सय रियल, प्रमुख सल्लाहकार टंक चौलागाईंबाट ६० रियल, अध्यक्ष वाचस्पती आचार्यबाट ५० रियल, वरिष्ठ उपाध्यक्ष योङहाङबाट ५० रियल, प्रथम उपाध्यक्ष टंकनाथ कोइरालाबाट ६१ रियल, महासचिव गोपाल न्यौपानेबाट ७० रियल, कोषाध्यक्ष भरत खतिवडाबाट एक सय रियल, सहकोषाध्यक्ष दिलबहादुर भट्टराईबाट ३० रियल प्राप्त भएको समाजद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रस्तुत प्रतिवेदनमा कार्यसमितिका सदस्यहरु केदार खनालबाट ३५ रियल, नरेन्द्र मगरबाट ५० रियल, छत्र लिम्बूबाट ५० रियल र सुकबहादुर मगरबाट २५ रियल, शर्मिला धिमालबाट एक सय रियल, गणेश कार्कीबाट ६० रियल, रोशन कार्कीबाट ५० रियल, कुमार राईबाट ३० रियल र आकाश गहतराजबाट २० रियल प्राप्त भएको उल्लेख गरिएको छ ।
कार्यक्रममा वडा सदस्य शारदादेवी भट्टराई, समितिका सहसंयोजक दिव्यप्रसाद कट्टेल, सदस्यहरु ढुण्डी गौतम, दिपक दुलाल, योगेन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो । “हातेमालो आपसी सहयोग, सद्भाव अनि मित्रताको” भन्ने मुख्य नारासहित २०७६ सालमा स्थापना भएको उक्त समाजले यस अघि विभिन्न सामाजिक कार्यहरुमा सहयोग पु¥याउँदै आएको र आगामी दिनमा पनि त्यस कार्यलाई निरन्तरता दिने संयोजक सिटौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here