झापामा थप एक कोरोना संक्रमितको मृत्यु

0
873

झापा,
झापामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया कोहिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित वीएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् । कोरोना हो वा होइन भनेर यकिन गर्न बैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी उनको आज बिहान ६ वजे मृत्यु भएको होे । उनका श्रीमानको एक वर्षअघि नै निधन भईसकेको छ । उनका २ जना छोराहरु छन् । एक जना छोरा पनि संक्रमित छन् । मेची अस्पतालमा तीनै जनाको पीसीआर परीक्षण गर्दा एउटा छोराको रिपोर्ट समेत कोरोना पोजेटिभ देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here