केस्रालाई फूलाउने कर्तव्य हाम्रो काधमा आएको छ

0
979

asafal gautam keअसफल गौतम
नेपाली वाङ्मयको क्षेत्रमा आयातित विधाहरुको सधै आफ्नो  दबदबा जमाएर बसेको अवस्था छ । गजल, रुबाई, हाइकु, ताङका, चोका, सेदोका जति आए सबैले आफ्नो स्थान जमाइसके भन्दा अन्यथा नहोला । विगतमा हाइकु संरचनाजस्ता देखिने लोकजीवनका गीतहरु हाम्रा घर आँगनमा भए पनि वर्तमानमा शैधान्तिक संरचनाका हिसाबले हाइकु लेखनले स्वर्ण वर्ष पार गरेको छ ।
निबन्ध शिरोमणी शंकर लामिछाने (वि.सं. १९८४ चैत ३–२०३२ माघ १०) ले नेपालमा संरचनागत हाइकु लेखनको शृङखलालाई भित्र्याउँदा उनलाई खिसी गरेकाहरु वर्तमानमा हाइकु लेखनको लर्को देख्दा दङ्गै परेका छन् । यहाँ  यो सन्दर्भ जोड्न खोज्नुको मूख्य कारण  आयातित विधाले जसरी आफ्नोे स्थान जमाएका छन् त्यसरी नै नेपाली विधाले पनि जमाउन सक्नुपर्छ भन्ने पङ्तिकारको मान्यता हा े। नेपालीहरुको नयाँ विधाप्रतिको उत्साह र चासो कै कारण नेपाली सर्जकले नै वाङ्मयको क्षेत्रमा नयाँ विधाको पर्दापर्ण गराएका छन् । उक्त विधाको दस्तावेजसहितको कृतिको यहाँ थोरबहुत चर्चाको प्रयास गरिएको छ ।

विषय प्रवेशः
मौलश्री लिम्बू (२०३९ पुस १२) सेरबहादुर लावती र मिलनकुमारी माबोको कोखबाट सतासीधाम–३ झापाका जन्मेका सन्तान हुन् । दश जोड दुईसम्मको अध्ययन गरेका लिम्बू विशेषत कथा, लघुकथा, कविता र गजल लेखनमा क्रियाशील देखिएका थिए । उनी रोजगारीको सिलसिलामा सन् २००६ देखि हालसम्म मलेसियामा आफ्नो श्रमको पसिना बगाइरहेका छन् । मलेसियामा जिन्दगीको धुवा उडाएर दुई पैसा कमाउछन्, त्यसपछि नेपाली वाङ्मयको क्षेत्रमा केही गर्नुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैको उपज उनले वर्तमानमा नेपाली साहित्यमा नयाँ विधा ‘केस्रा’को पर्दापण गराएका छन् ।
केस्रा जम्मा छ हरफमा लेखिने विधा हो । प्रत्येक दुई हरफ अलग हुने तर सबै हरफ एउटै विषयवस्तुमा अन्योन्याश्रीत हुनुपर्ने संरचनात्मक पक्ष रहेको छ ।  अन्योन्याश्रीत सम्बन्ध रहेर मात्र भएन । पहिलो र दोस्रो  हरफले उठान गरेको सन्दर्भलाई तेस्रो  र चौथोले विश्राम दिनुप¥यो । अन्तिमका दुई हरफले उपयुक्त सन्दर्भलाई समापन गर्नुपर्ने बाध्यता यो विधाले राखेको देखिन्छ । यो केस्राको बाहिरी पक्ष मात्र हो । यस्तै केस्रामा अनुप्रास र शीर्र्षक पनि अनिवार्य रहेको छ । जम्मा छ हरफ त्यसमा पनि वर्णलाई समेत गणना गर्नुपर्ने । झट्ट हेर्दा झन्झटिलो पनि लाग्ने । एक केस्राका लागि बढीमा १२ अक्षर हुनुपर्ने प्रावधान रहेको छ । १२ अक्षरको केस्रा हुनुपर्ने भएतापनि प्रत्येक हरफमा एक स्वर वर्ण  अतिरिक्त रहन सक्ने नियमले केही सहजता प्रदान गरेको देखिन्छ । यस्तै अर्को नियम केस्राको पहिलो हरफको अनुप्रसा र पाँचौ हरफको अनुप्रास पनि एउटै हुनुपर्ने त्यो पनि यो विधा भित्रको नियम रहेको छ । हेरौं पंक्तितकारको “चाकडी“ शीर्षकको एक केस्रको नमूनाः

“चाकडी“

खै सधै दुई अक्षर  केरिर¥यो
चाकडीले सीमा नाघ्दा हेरिर¥यो

उनी आजको चलन यस्तै भन्छन्
तर एक्लै लामो सास फेरिर¥यो

दिनरात नभनी नै केरिर¥यो
दोसल्ला त अर्कैले पो बेरिर¥यो ।
प्रस्तुत केस्रामा चाकडी शीर्षक  रहेको छ । केरिर¥यो, हेरिर¥यो, फेरिर¥यो र बेरिर¥यो अनुप्रासका रुपमा आएका छन् । पहिलो र दोस्रो  हरफले सन्दर्भको उठान गरेका छन् ।  एक सर्जक सधै दुई अक्षर केरिरहेको छ । तर यहाँ चाकडीले सीमा नाघेको छ । पहिलो र दोस्रो  हरफमा उठेको सन्दर्भलाई तेस्रो  र चौथोले विश्राम दिएका छन् । पाँचौ र छैठौले चाकडी शीर्षकमा उठान गरिएको विषयलाई  मत्थर पारेर छोडेको छ । पहिलो हरफको केरिरहयो र पाँचौ हरफको केरिर¥यो अनुप्रास एउटै रहेका छन् । यस्तै केस्राका प्रवर्तक मौलश्री लिम्बूको “निर्वाचन“ शीर्षकको एक केस्रा हेरौं । केस्रामा रुचि राख्ने पाठकका लागि थप सामग्री

“निर्वाचन“

लु आऊ राष्ट्रको ढुकुटी सकाऔं
चुनाव गरी खुशियाली मनाऔं

हाम्रो  लागि मर्ने मार्ने के कति छन्
जनता लडाई हिसाब लगाऔं

जे जसरी हुन्छ विवाद सकाऔं
नेता हामी जनतालाई खटाऔं ।
माथिका दुई केस्राबाट थोरबहुत भएपनि प्रष्ट हुन्छ । नेपाली उत्पादन केस्रा लेखनका प्रावधान के के भन्ने कुरा । थोरै समयमा धेरै लेख्न नसकिएला तर धेरै अध्ययन गर्न सहज सकिने विधा केस्राको उत्थानका लागि दस्तावेजसहितको कृति पठनीय रहेको छ ।

‘साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज’–२०७०

लिम्बूले प्रतिपादन गरेको “साहित्यमा केस्रा  विधाको घाषणा तथा दस्तावेज“ सहितको केस्रा लेखन मञ्चले प्रकाशन गरेको कृति हो केस्रा (२०७०) । एक सय एक रुपैया बिक्री मूल्य राखिएको कृति बजारमा आएको छ । एक सय ५२ पृष्ठमा फैलिएको उनको उक्त कृतिमा प्राध्यापक डा. गोविन्दराज भट्टराईले भूमिका लेखेर विधाको बाटोलाई सहजता प्रदान गरेका छन् । मौलाश्रीले केस्रा  विधाको प्रचारप्रसारका लागि सामाजिक सञ्जाललाई माध्यम बनाएर त्यसलाई मलजल गरेको देखिन्छ । विशषगरी कृतिको नाम नै केस्रा  राखेर प्रकाशन गरिएकाले यो कृतिले केस्रा  भनेको के हो, कसरी लेख्ने, सीमा र सन्दर्भ के रहने । संरचना पक्ष भाव पक्ष र शब्दसंयोजक कस्तो रहने । कस्ता शब्द उच्चारणका हिसाबले केस्राका लागि बाधक छन् भन्ने सम्पूर्ण समस्याको समाधान नै यसको मूख्य विषय बस्तु हो । साथसाथै नमूनाका रुपमा हुनुपर्छ उनले यो विधाको बीजारोपण गर्नु भन्दा पहिला लेखिएका, परामर्श गरिएका र संरचनामा ढालिएका केस्रा लाई समावेश गरेका छन् । कृतिमा १७ पृष्ठ लामो घोषणापत्र समावेश गरी केस्रा  विधातर्फ अग्रसर हुन चाहनेका लागि बाटो फराकिलो पारिएको छ । मुख्यत केस्रा  प्रकारका हिसाबले आकृति, आवृति र अलङ्कार केस्रा  गरी तीन प्रकारका लेख्न सकिने कृति अध्ययनको सन्दर्भमा देखिन्छ । केस्रा  सामान्य अर्थमा भन्दा सजिलो शब्द हो । लिम्बूले प्रतिपादन गरेको केस्राको नियम र संरचना पक्षलाई शुरुवाती दिनमा झन्झटिलो लाग्न सक्छ । उनले केस्रा  प्रेमीका लागि सहजता दिनका लागि नै प्रारम्भिक चरणका केस्रामा २० स्रष्टाका केस्रा  समावेश गरेका छन् । यसैगरी प्रतिनिधि केस्रामा एक स्रष्टाका कम्तिमा एकदेखि १४ वटासम्म गरी ४२ श्रष्टाका केस्रा  समावेश गरेका छन् । जसका कारण केस्रा  लेख्न चाहने साधकका लागि मार्ग प्रसस्त बनाएको छ ।
कृतिका  केही सीमाहरु रहेका छन् नै । यो केस्रा   विधाको पहिलो घोषणापत्र सहितको दस्तावेज हो । लिम्बूले कृतिमा समावेश गरेका केस्रालाई प्रारम्भिक चरण र प्रारम्भिक उत्तरार्ध चरण  भनी विभाजन गरेका छन् । त्यो सन्दर्भ असान्दर्भीक देखिन्छ ।  उनले नयाँ विधाको बीजारोपण गरे । उनी आफैंले जन्माएको सन्तानको आफैले काल विभाजन गर्न थाले भने आफ्नो इतिहास किन अरुले लेख्नुपर्यो त ? यो सोचनिय कुरा हा े। यस्ता सन्दर्भमा उनले ख्याल राख्नै पर्छ वा सल्लाहकारले सल्लाह दिनैपर्छ ।

निष्कर्ष
लिम्बूको बाटोमा यात्रा गर्दै केस्रा  विधाका कृति प्रकाशन गर्ने श्रष्टाहरु पनि जुर्मुराएका छन । हालसालै एकल केस्रा “सहयात्री“ प्रकाशन भइसकेको अवस्था छ । यो अवस्थामा केस्राले गति दु्रतरुपमा  लिनेछ भन्ने प्रमाण हो । किनभने हिजो शंकर लामिछानेले हाइकु विधालाई नेपालमा भित्रयाउँदा कृति प्रकाशन हुनका लागि झण्डै लेखनको स्वर्णवष कुर्नु परेको अवस्था थियो । वर्तमान समयको माग हो केस्रा , त्यसैलाई मध्यनजर राखेर लिम्बूले प्रतिपादन गरेको विधा सबैका लागि रुचिको विषय बन्नेमा दुईमत राख्नुपर्ने देखिदैन । लिम्बू हजार माइलको यात्रामा निस्केका छन् । पाइलो सार्ने प्रयत्नमा उनलाई कतिले सहयोग गर्दछन् कतिले असहयोग त्यो समयले बताउने कुरा हो । जे भएपनि सधै नेपाली वाङ््मयको क्षेत्रमा आयातित विधाले दबदबा जमाइरहेको बेला नेपाली भूमिको साहित्यिक विधा केस्राले आफ्नो मार्ग निर्धारण गरिसकेको छ । मौलश्री  एउटा माध्यम मात्र हुन् । उनलाई फूलाउने, फलाउने र मौलउने वातावरणको सिर्जना गर्ने कर्तव्य तपाईं हाम्रो  काधमा आएको छ । त्यसैले लिम्बूले प्रतिपादन गरेको केस्रा  विधालाई मलजल गरौं र नेपाली प्रतिभालाई पहिचान दिलाउ यसैमा हाम्रो कल्याण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here