भोलिदेखि ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट सुरु नेपालले हङकङको सामना गर्दै

0
351

Nepali cricket
नरेन्द्र ढकाल
झापा,चैत १ । नेपालले क्रिकेटको इतिहासमै  पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेल्दैछ । अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको सदस्यता लिएको २६ वर्षपछि नेपाली क्रिकेट टोलीले अहिलेसम्मकै ठूलो प्रतियोगिता आज आइतबार देखि खेल्न लागेको छ ।

नेपालले सन् १९८८ मा आइसिसीको सदस्यता पाएको थियो । र त्यसको ठिक आठ वर्षपछि अर्थात सन १९९६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको थियो । गत मंसिरमा भएको छनोट चरणमा नेपालले उत्कृट प्रर्दशन गर्दै क्रिकेटमा केही गर्न सकिन्छ भन्ने आशा जगाएको थियो । भाग्य र मेनहतले साथ दिदैं नेपालले विश्वकपको यात्रामा रहेका बेला नेपाली क्रिकेट प्रेमीको ध्यान अहिले बंगलादेश तर्फ केन्द्रि रहेको छ भने खेलका विषयमा विभिन्न अडकलबाजी पनि गर्न थालिएको छ । 20140315_165141

ट्वेन्टी–२० विश्वकप क्रिकेटको यसपटकको संस्करण (आज)आइतबारदेखि बंगलादेशमा सुरु हुंदैछ । पहिलो पटक सहभागिता जनाउंदै गरेको नेपालले पहिलो खेलमा चिरपरिचित प्रतिद्धन्द्धीत हङकङको सामना गर्दैछ ।

हङकङ विरुद्धको खेल नेपाली समय अनुसार आइतबार सांझ सवा ७ बजे चट्गाउ.मा सुरु हुनेछ । नेपालका लागि पहिलो चरणको खेल पार गर्ने सम्भावना निकै कठिन छ । बंगलादेश टेष्ट मान्यता प्राप्त देश हो भने हङकङ र अफगानिस्तान एक दिवशीय मान्यता प्राप्त देश हुन । हङकङले सन् १९६९ मा आइसिसीको सदस्यता पाएको थियो ।  हङकङका सबैजसो खेलाडी पाकिस्तानी मुलका रहेका छन । त्यसमध्ये धेरैले पाकिस्तानमै क्रिकेट सिकेको बताइएको छ । CIMG5921

सन् २००१ मा आइसिसीको सदस्यता पाएको अफगानिस्तानले भने संसारमै चर्चा पाएको छ । उसले पछिल्लो समय बंगलादेशलाई समेत हराएको छ । एक दिवसीय र ट्वान्टी–ट्वान्टी दुवै फ्रम्याटको विश्वकपका लागि अफगानिस्तान छनोट भैसकेको छ । अफगानिस्तानले यसअघि पनि विश्वकप खेलिसकेको छ ।

ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफनो खेलमा ब्यापक सुधार गरेको बताइ पनि उसले विश्वकपको अभ्यास खेलमा भने पुरानै नियत दोहोर्याएकाले कतै नेपाली क्रिकेट सर्मथक निरास बन्ने त होइनन् भन्ने सम्भावना पनि बढेको छ ।

यसैबिच नेपालले समूह चरणमा खेल्ने तीन वटा खेल मध्ये दुई वटा खेलका लागि एक महिना अघिनै प्राय सबै टिकट बुकिङग भईसकेको अन्तराष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् । यसले नेपाली क्रिकेटको महत्व दर्शाएको छ । नेपाल र हङकङबीचको पहिलो खेलका सीमित टिकट बाहेक अरु सबै टिकट विक्री भैसकेको छ । क्रिकेटका पारखीहरुले अहिले नेपालले के गर्ला भनेर चासो दिइरहेका बेला नेपाली समर्थक भने काठमाडौंमा राष्ट्रिय टोलीको जर्सी किन्न र खेलका बारेमा चर्चा परिचर्चा गर्न ब्यस्त रहेका छन् ।
CIMG5925

केहि दिन अघि बंगलादेश पुगेको नेपाली क्रिकेट टोलीका क्याप्टेन पारस खड्काले दिएको प्रतिक्रियाले पनि विश्व क्रिकेटमा यस पटकको प्रतियोगिता नेपाललाई चिनाउने अवसरको रुपमा रहेको बताएका थिए । त्यस्तै नेपाली प्रशिक्षक पुब्दुदसानायकेले पहिलो चरण पार गर्नु नै आफुहरुको प्राथमिकता भएको बताएका थिए । नेपाल रहेको समूहमा बंगलादेश, अफगानिस्तान र हङकङ छन । अर्को समूहमा आयरल्याण्ड, नेदरल्याण्डस्, जिम्बाम्बे र युएई छन । यी दुई समूहका शीर्ष एक एक टोली सुपर टेनमा प्रवेश पाउने छन ।

यसैबिच समान्य लगानीमा क्रिकेटको यो सफलतालाई लिएर सरकार सामु नैतिक दबाब समेत र्सिजना भएको छ । अब सरकारले खेलमा पनि प्रशस्त लगानी गर्नुपर्ने खांचो रहेको छ भने नेपाली क्रिकेट खेलाडीले गल्ती नदोहोर्याउने बताए पनि निरन्तर उही रोग बल्झि रहनुले नेपाली दर्शकहरुले ठूलो आशा राख्न् भने ब्यर्थ हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here