‘सुसेस’को सभा शनिश्चरेमा सम्पन्न

0
470

New Image

इन्द्रजीत मुखिया,
शनिश्चरे,चैत १ । सुनुवार सेवा समाज झापाको सातौं बार्षिक साधारण सभा झापाको शनिश्चरेमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी किरण सुनुवारले जातीय पहिचानका लागि गरिने धामीझाँक्री पोईवहरुको अभाव हुने क्रम बढेकाले सुनुवार युवाहरुलाई त्यसको शिक्षा दिनुपर्ने बताएका छन् । आधुनित्ताको नाममा आप्mनो थुतुरीवेद्लाई संरक्षण गर्न सकिएन भने आप्mनो मौलिक संस्कृति लोप हुने खतार रहेको प्रष्ट पारेका थिए । उहाँले संस्थालाई अग्रसर गराउन आर्थिकरुपले सवल हुनुपर्ने भएकाले प्रत्येक सदस्यले समाजको आजिवन सदस्यता लिनु अनिवार्य गराउन सुझाव दिनु भयो ।
त्यसैगरि अर्का बत्ता इन्द्रजीत मुखियाले देशमा आएको राजनैतिक परिवर्तनले आदिवासी जनजातिमा साँस्कृतिक परिवर्तन ल्याउन सफल भएअनुसार सुनुवार समुदायमा पनि त्यसको प्रभाव परेको तर आर्थिकरुपले सवल हुन नसकेको बताए । उहाँले सुनुवार समुदायका अग्रजहरुलाई आप्mनो संस्कृति र समाजको प्रति जति मोह छ त्यसतो युवा समुहमा पर्ननसकेकाले पनि संस्थाले रचनात्मक कार्य गर्न नसको अनुभव साटेका थिए ।
शनिश्चरेको सामुदायिक भवनमा भएको सो सभामा विर्ख बहादुर प्रधान, मिश्र कुमारी राई, जग्गनाथ सिलवाल विश्वकर्मा लगायतले लोप हुनेक्रममा रहेको जातीय संस्कृतिलाई संरक्षणमा सरकारले चासो नदिएको गुनासो व्यक्त गरेका थिए । सुनुवार सेवा समाज झापाका अध्यक्ष अविर बहादुर सुनुवारको अध्यक्षातामा भएको सो कार्यक्रमको सञ्चाल राजेन्द्र याताले गरेका थिए भने स्वागत मन्तव्य दिलकुमार मुखियाले गरेका थिए । त्यसै गरि आर्थिक प्रतिवेदन सन्तकुमारी सुनुवार र भावी कार्ययोजना गणेशमान मुखियाले प्रस्तुत गरेका थिए । सभामा जिल्लामा रहेका सुनुवारको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here