चर्को शुल्क असुल्ने निजी अस्पताललाई कारबाही !

0
900

झापा, कोरोना संक्रमण बढेसँगै उपचारको नाममा निजी अस्पतालले मोटो रकम कमाउने धन्दा शुरु गरेका छन् ।
अस्पतालहरुले बिरामीको उपचारमा अत्यन्त महंगो शुल्क असुल्दै आएको गुनासो बढेको छ । सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘कोभिड–१९को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन् ।

महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’– मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले यस किसिमको अनावश्यक शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन अनुरोध पनि गरेको छ ।
केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए । उनीहरुले महामारीलाई लुट्ने माध्यम बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ । यसैबीच नेपालमा गत २४ घण्टामा थप ८,६०० जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ । मन्त्रालयका अनुसार सो अवधिमा थप ५८ जनाको कोभिड–१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ । यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको संख्या हो । अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजेन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन् । सरकारले मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

तीमध्ये ४,४६४ जना संस्थागत आइसोलेशनमा र बाँकी ६१,५०० जना घरमै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । संक्रमण पुष्टि हुने दर उच्च मन्त्रालयले गरेको ब्रीफिङमा बोल्दै डा. गौतमले सोमवार ५३,५४५ वटा परीक्षण गर्दा २३,७१३ मा सङ्क्रमण पुष्टि भएको बताएका थिए । यसले सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखाउँछ ।
उनका अनुसार सो अवधिमा ५,७८९ जना सङ्क्रमणमुक्त भएका छन् । सरकारको तथ्याङ्क अनुसार बुधवार अपरान्हसम्म देशभरि ६६,३५२ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । विगत २४ घण्टा पीसीआर विधिबाट २०,७५६ नमूनाको र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गरिएकोमा क्रमशः ८,६०५ र ५४ गरी कूल ८,६५९ जनामा कोभिड– १९ पुष्टि भएको डा. गौतमले बताए ।

युवामा उच्च संक्रमण दर

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन् । त्यसमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या ५,७०७ अर्थात् झण्डै ६६ प्रतिशत छ ।

काठमाण्डूमा धेरै सक्रिय संक्रमित र मृत्यु

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा कूल ३०,००० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कूल सङ्ख्याको ४५ प्रतिशतभन्दा बढी हो । राजधानी उपत्यकामा अहिलेसम्म १,११५४ जनाको कोभिड–१९सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

इ पेपरमा पनि हेर्न सक्नु हुन्छ । 23 gate final baishakh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here