झापामा आजबाट निषेधाज्ञा

0
1052

झापा,
झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा मंगलवारराति जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै गाडी र पसल समेत बन्द गरिएको छ । यसअघि आंशिक निषेधाज्ञा कायम थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

विश्वभर फैलदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ । ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
आदेशमा यसो भनिएको छ –
१। सर्वसाधारणका लागि
– अत्यावश्यक काम ९औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद० वाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने ।
– नेपाल सरकारद्वारा तोकिएको समाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड ९नियमित रुपमा साबुन पानीले हात धुने, अनिर्वाय मास्क र सेनिटाइजरको प्रयोग गर्ने० को अनिवार्य पालना गर्ने ।
– हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने ।
– कोभिड–१९को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्ने ।

२। सरकारीरसार्वजनिक कार्यालय तथा बैंकरवित्तीय संस्था संचालन सम्बन्धमा
– सरकारी र सार्वजनिक कार्यालय तथा बैंक÷वित्तीय संस्थाहरुमा अनावश्यक भीडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो पद्धति अनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउने । घरबाटै गर्न सकिने कामको हकमा ‘वर्क फ्रम होम’ को व्यवस्था गर्ने, यसरी आलोपालोमा अनुपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने । साथै सरकारी, सार्वजनिक र अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालयको परिचय–पत्रका आधारमा सवारी साधन चलाउन पाइने ।

३। पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा
– खाद्यबस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरु विहान ६ः०० बजेदेखि बिहान १०ः०० बजे सम्म सञ्चालन गर्ने । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र विहान ६ः००बजेदेखि विहान १०ः०० बजेसम्म सञ्चालन गर्ने । अन्य पसल व्यवसाय पूर्ण रुपले बन्द गर्ने । स्थानीयस्तरमा होम डेलिभरीका लागि आवश्यक व्यवस्था मिलाउन सकिनेछ ।

– होटल तथा रेष्टुरेन्ट, मिठाई र चिया पसल समेत पूर्ण रुपले बन्द गर्ने । अनलाइन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयम् आएर प्याकिङ्ग गरी लैजाने ‘टेक अवे’ विधि प्रयोग गरी सञ्चालन गर्ने । होटलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाइने ।

– सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, शैलुन, ब्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने ।

४। सवारी साधन सञ्चालन सम्बन्धमा
– अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८ बैशाख २२ गते राति १२ः०० बजे देखि ऐ। ३१ गते राती १२ बजेसम्म झापा जिल्ला भर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।
– अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दूग्धजन्य पदार्थ, पशुपंक्षी तथा पशुपंक्षीजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत्, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।

५। उद्योग, कल–कारखाना र निर्माण कार्य सञ्चालन सम्बन्धमा
– उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेन्टाइनको व्यवस्था सम्बन्धित उद्योगले गर्ने ।
– राष्ट्रिय गौरब र महत्वका आयोजना÷परियोजनाको निर्माण कार्यलाई निरन्तरता दिने । निर्माण सामाग्री बोकेका सवारी साधन चल्न पाउने ।
– सार्वजनिक तथा निजी निर्माण कार्य गराउँदा कामदारलाई निर्माणस्थलमा नै राख्ने व्यवस्था मिलाएर सञ्चालन गर्ने ।

६। विवाह तथा मृत्यु संस्कार सम्बन्धमा
– विवाहको लागि बढीमा १० जनासम्म जन्ति जान आउन दुलाहा दुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जना सम्म व्यक्ति व्यानर राखेर प्रयोग गरी जिल्लाभित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति पास आवश्यक नपर्ने ।
– विवाह ९दुलाहा दुलहीसहित० तथा ब्रतबन्ध आयोजनाका लागि २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने ।
– मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात ९निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस० सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नुपर्ने ।

७। सीमा नाका सम्बन्धमा
– विश्वव्यापी रुपमा फैलिँदै गइरहेको कोभिड–१९ संक्रमण अत्यधिक बढिरहेकोले सोको नियन्त्रणका लागि सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
– काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।

८। सभा सम्मेलनको हकमा
– सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमीनार जस्ता कार्यहरु संचालन गर्न नपाइने ।
९। विविध
– सञ्चारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय–पत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
– अत्यावश्यक उपयोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारवाही गर्ने ।
१०। आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here