पानीमा डुबेर बालकको मृत्यु

0
1105

मोरङ, मोरङ रंगेली नगरपालिका ९ बेदमारी स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भीर घाईते भएका थिए । घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here