साना दलले सरकारलाई विश्वासको मत नदिने

0
1126

झापा,
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताउनुभएको छ । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उहाँले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराउनुभयो ।


उहाँले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गर्नुभयो ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । उहाँले मुलुकमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण मुलुक आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै निर्वाचनमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here