स्वास्थ्यकर्मीलाई नै छैन स्वास्थ्य सामग्री

0
1260

 

केशब चापागाईं
शरणामती, झापा गाउँपालिकामा कोरोना भाइरसको दोस्रो लहरमा गाउँबस्तीमा ५० प्रतिशत संक्रमित फेला परेका छन। तीन ठाँउको पिसिआर र एन्टिजेन रिपोर्टबाट पालिकामा ५०प्रतिशत कोरोना संक्रमित रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले दाबी गरे।

बिश्वकर्माले कामाटोली बजारमा ११ जनामा गरिएको परिक्षणमा ६ जना संक्रमित हुनु,आदर्शटोलमा ४१ जनामा २२ जना देखिनु र सिमलबाडीमा १२ जनामा गरिएको परिक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आउनु भनेको गाउँपालिकामा ५०५ संक्रमित रहेको पुष्टि हुनु बताए।ूहामीले तीन ठाउँको परिक्षण गर्दा आधा रिजल्ट पोजेटिभ आएको छ – उनले भने परिक्षणको दायरा बढाउने हो भने पालिकामा संक्रमण दर भयावह छु।

पालिकामा सोमबार सम्म कुल संक्रमित ९० जना रहेका छन।जुन संक्रमित परिक्षण गरिए मध्येका आधा भन्दा धेरै रहेको बिश्वकर्माले बताए।९० सक्रमित मध्ये १५ जना निको भएका छन भने ३ जनाको मृत्यु भईसकेको छ।

परीक्षण कीटको अभाव

पालिकामा संक्रमण दर ५०५ हुँदा संक्रमण मापन गर्ने किटको अभाव रहेको छ। हामीलाई किटको उपलब्धतामा कमि छू स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले भने ु एस।एन।जे।डी जस्ता विभिन्न संघ(संस्थाले दिनु हुदैछ,ठ्याक्कै सबैको परिक्षण गर्न भने व्यवहारिक,आर्थिक समस्या छु।उनले भने हामी स्वास्थ्यकर्मी बिरामीका घर(घर जादैछौं,उचित स्वास्थ्य सामग्री दिदैछौं हामी निश्वार्थ सेवामा छौं।ूहामीले खर्च नबढोस भनेर पिपिइ समेत प्रयोग गरेका छैनौ,यो हाम्रो केवल मानव धर्म मात्र होून्यौपानेले भने।

गाउँबस्तीमा कोरोनाको साधारण लक्षण देखा परेका ब्याक्ती धेरै रहेको स्वास्थ्य साखा प्रमुख बिश्वकर्माले बताएझजिल्लाले १५० कीट दिएको थियो,त्यो पहिले सकियो अहिले एसएनजेडी संस्थाले ८० कीट दिएकोमा अब २३ कीट मात्र बाँकी छनञसंक्रमितको पहिचान गर्न गारो छ।कीट किन्न जादा पनि पाएनौ।ू

सचेतनामा पहल भएन,चेतनाको कमी भयो

पालिकामा संक्रमण दर बढ्नुमा गाउँघरमा सचेतनामा कम भएको स्थानियले बताएका छन।ूगाउँ घरमा संक्रमितलाई आव्यश्यक हेरचाह गर्ने,सुरक्षाकर्मी लगायतको उपस्थिती न्यून छूस्थानिय चन्द्रप्रसाद बस्नेतले बताए झकोरोनाको पहिलो चरणमा जुन सतर्कता अपनाइएको थियो त्यो अपनाइएन,कोरोना संक्रमण दर ह्वात्तै बढ्यो।ु

अहिले पनि मरिमराउ लगायत सामाजिक कार्यमा मानिसको उपस्थिती उति नै देखिन्छ।स्थानिय मनोज ताम्लीले भने ूमानिसको चेतनामा बिकास कसरी गर्ने,प्रहरीले समेत भनेको मानिसले सुन्दैन।मानिसलाई म संक्रमित हुँ अथवा अर्को संक्रमित छ होला भन्ने हेक्का नै छैन।सजग आफुँले हुने हो।

संक्रमण फैलनुमा खुल्ला सिमाको दोष

भारतको सिमा संग जोडिएको पालिकामा भारतमा दिनानु दिन कोरोना संक्रमण फैलदा समेत राज्य संयन्त्रले सिमा नाकामा कुनै कडाइ गरेन।सिमा नाकामा ठप्प नपार्नु अघि नै नेपालमा भुसको आगो जस्तै भित्र भित्रै कोरोना फैलिसकेको जानकारहरु बताउछन।यो संगै झापा गाउँपालिका पनि अछुतो रहन सकेन।

सिमा नाका ठप्प पारे पनि मकैबारी हुँदै सिमा वारीपारी आवत अझै पनि जारी रहेको स्थानिय बिकास अग्रवालले बताए।ूपहिले रोग संग लडौ,बाचेँ फेरि पनि कमाइन्छ,सुरक्षाकर्मीको आँखा छल्दै रोग ल्याउनु राम्रो होइनू उनले प्रतिप्रश्न गरेझचेतनाको बिकास कसरी गर्नेञ।

राज्य संयन्त्र र स्थानिय सरकारको सुस्तता

कोरोना भाईरस फैलनु अघिनै राज्य संयन्त्र र स्थानिय सरकारले पहिलो लहर जस्तो सावधानी नअपनाएको स्थानीयले बताएका छ्न।पालिका तथा वडाले पहिले न्युनिकरण समिती बनाएर मास्क बितरण गरेका थिए अहिले त्यो पनि गरिएको छैनझस्थानिय चन्द्र प्रसाद बस्नेतले भने।ूकोरोना फैलनुमा राज्य र स्थानिय सरकार समेत दोषी छनूअब फैलिसक्यो अब कम कसरी गर्ने भन्ने प्रश्नमा स्थानिय मनोज ताम्ली बताउछन झकडा निषेधाज्ञा गरेर मान्छे हिडडुल ठप्प बनाउनुको बिकल्प छैन।ञ

अक्सिजन सहितको १० बेडको अस्थायी आइसोलेसन

अहिले पालिकाले १० बेडको अक्सिजन सहितको अस्थायी आइसोलेसन निर्माण गरेको छ।७ अक्सिजन सिलिन्डर रहेको आइसोलेसन मा ३ सिलिन्डर खपत भई अहिले ४ सिलिण्डर रहेको स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here