प्रेस क्लब मेचीनगरद्वारा थुनुवा र सुरक्षाकर्मीलाई मास्क वितरण

0
829

मेचीनगर,

प्रेस क्लब मेचीनगरले प्रहरी हिरासतमा रहेका थुनुवा र सुरक्षाकर्मीहरुलाई मंगलबार मास्क वितरण गरेको छ । विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा क्लबले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी हिरासतमा रहेका थुनुवा र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टामा कार्यरत ट्राफिक प्रहरीहरुलाई गुणस्तरीय मास्क वितरण गरेको क्लबका सचिव जीआर धितालले बताउनुभयो ।

कमिलिया क्लोथिङ लिमिटेड बैङ्ग्लोर र राउण्ड टेवल भारतबाट प्राप्त मास्क विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले थुनुवाहरुका लागि प्रदान गरेको मास्क इलाका प्रहरी कार्यालय काँकरभिट्टाका सुवेदार मेजर प्रहरी नायव निरीक्षक हस्तबहादुर श्रेष्ठले ग्रहण गर्नुभएको थियो । उहाँले विभिन्न कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका १३ जना थुनुवाहरुलाई उक्त मास्क वितरण गरिने बताउनुभयो । यो मास्क अन्य मास्कको तुलनामा निक्कै गुणस्तरीय थ्रीवीओ रहेको बताइएको छ ।

यसैगरी, क्लबका अध्यक्ष उप्रेतीले अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टामा कार्यरत ट्राफिक प्रहरीहरुलाई प्रदान गरेको मास्क पोस्ट प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानले ग्रहण गर्नुभएको थियो । कोभिड १९ को नियन्त्रण र रोकथामका लागि अग्रपंक्तिमा क्रियाशील सुरक्षाकर्मी र हिरासतमा रहेका थुनुवाहरुलाई जिल्ला लैजादाँ र ल्याउँदा यसको संक्रमण सर्न नपाओस भनेर मास्क वितरण गरेको सचिव धितालको भनाई छ ।

क्लबले विर्तामोड राउण्ड टेवल शाखा २७ को सहकार्य र सहयोगमा मेचीनगरमा रहेका विभिन्न सञ्चार माध्यमका सञ्चार गृहहरुलाई समेत मास्क वितरण गर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here