ट्याक्टर र्दुघटना हुदाँ एक जनाको मृत्यु, दुई जना घाईते

0
635

खोटाङ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ मा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।

सडक निर्माणको लागि मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर अचानक रोडबाट २० मिटर तल खसेर र्दुघटना हुँदा सोही ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी–४ का २५ बर्षीय नेत्रबहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

र्दुघटनामा ट्याक्टरका चालक र सह–चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here